चैत्र ०७, २०७९ , Diktelrupakotmajhuwagadi
–––तीर्थराज भट्टराई
ससुरा वुवा रत्नप्रसाद सिग्देलको स्वर्गारोण भएपछि १३ दिनको सुद्दाईं कर्म सकेर विराटनगरबाट ५ गते राति हामी काठमाडौ आयौंँ, काकीसासु आमा र पत्नी कुमारीजी सहित । चालक निश्चलजीले कुशलतापूर्वक हामीलाई गन्तव्यमा पुर्याउनु भयो ।
६ गते विहानै ५ बजे फोनको घण्टी बज्यो आदरणीय दाजु डाक्टर तोयानाथ खनालको । नगरपालिकामा शिक्षा सुधारका लागि सोच भए श्रोत जुट्छ भनेर मलाई नियमित उत्साहित गराई रहनुहुन्छ उहाँ । यही भावना सहित काठमाडौं नयाँबानेश्वर थापा गाउँस्थित नमुना विद्यालयको रूपमा संचालित पाठशाला भ्रमणको लागि समय लिनु भएको रहेछ त्यहाँका सिइयो ईश्वर अधिकारीज्यूसँग । हिजो चैत ६ गते अर्थात् सोमबार नगरपालिकाको महत्वपूर्ण कामले सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शहरी विकास मन्त्रालय २ बजे पुग्नैपर्ने कार्यतालिका थियोे । श्रममा रेमी सम्बन्धि योजनाको विषयमा छलफल थियो भने शहरीमा पुग्नुपर्ने उद्देश्य दिक्तेल बजार ढलान , दिक्तेल– दुम्ली – साप्सु सडक र दिक्तेल– पाथेका – खार्मी लगायतका ठाउँमा बजेट सुनिश्चितता गराउने । साथमा हुनुहुन्थ्यो उपसचिव द्वय भूमिराज आचार्य , बोलराज आचार्य र शंकरदेव क्याम्पसका उपप्राध्यापक सन्तोष राई ।
अर्कोतर्फ दिरूमनपामा रहेका सामुदायिक विद्यालयमा कसरी शिक्षामा सुधार गर्ने ? आधुनिक प्रविधि र भौतिक सामग्रीको व्यवस्थापन कसरी गर्ने ? हाम्रो सिमित श्रोत र साधनको सदुपयोग गर्दै मनका धनी शुभेच्छुकलाई कसरी नगरसँग जोड्ने ? र केही बुझ्ने र सिक्ने उद्देश्यले हाम्रो गन्तव्य बनेको थियोे पाठशाला ।
पेन्सन पाकेको तर नथाकेको शैक्षिक अभियान्ता हुँ भन्न रूचाउने डाक्टर तोयानाथ खनाल र स्वयं रूपान्तरित भएर मात्रै समाजलाई रूपान्तरण गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुने मित्र सन्तोष राई र म समयमा नै पुग्यौं पाठशाला । करिब डेढ घण्टा बस्यौं सार्थक शिक्षा ः सार्थक जीवन भन्ने मुल दृष्टिकोणले संचालित पाठशालामा । हामीलाई ईश्वर अधिकारी . र पुण्डरिक फुँयल सरले विद्यालयमा विद्यार्थीलाई पढाउने तरिका, अनुशासन, विद्यालयको विशेषता, सरसफाइ, मौलिक संस्कृति र नयाँ प्रविधिमा फड्को मार्न प्रोत्साहित गर्ने विधिको विषयमा आफुले जाने अनुसार जानकारी गराउनुभयो।
हामीले सोधेनौँ— उहाँहरूले विद्यार्थीसँग लिने शुल्कको विषयमा । किनकी अविभावकले पक्कै पनि पाठशालाको नियम र सिकाई अभ्याससँग पूर्ण सन्तुष्टि भएर नै संभवत १–१२ मा १,७४० विद्यार्थी भएका । उहाँहरूले जानकारी गराए अनुसार कक्षा १ देखि १२ सम्मका सबै कक्षा कोठामा ३० जना भन्दा बढी विद्यार्थी राखिदैन । त्यहाँको नियम बमोजिम कक्षा १ र ११ मा भन्दा अरू कक्षामा भर्ना पनि लिईदैन । कसैकसैको मनमा हुन सक्छ—पाठशालाले धेरै शुल्क लिएर अत्यधिक रकम असुल्यो भन्ने तर अधिकांशको मनमा पाठशालाको व्यवस्थापनबाट मेरो सन्तानले सार्थक शिक्षा र सार्थक जीवन पाएको छ भन्ने होला र सन्तुष्टि पनि । जे होस्, यी सबै पाठशाला र त्यहाँ पढाउने दुबै पक्षको सन्तुष्टि र समझदारीमा हुने खालका परे यी खुद्रा विषय । हामीले त बुझ्नु र बुझाउनु थियोे हाम्रो विषय बस्तु । त्यहाँ हेर्दा विद्यार्थीको पढाइ प्रतिको लगाव, कक्षा कोठा र परिसरको सरसफाइ र वातावरण, प्रविधिमैत्री कक्षाकोठा प्रशंसनीय र लोभलाग्दो थियो । विद्यालयको नाम छनौट पनि लोभलाग्दो पाठशाला । काठमाडौं जो नेपालको राजधानी र अंग्रेजी लगायतको आधुनिक शिक्षा सिक्ने सिकाउने केन्द्र । सिइयो ईश्वर अधिकारीले सुनाउनुभयो—अंग्रेजी नाम राख्ने होडबाजी भन्दा बाहिर निक्लिएर जनजिब्रोमा भिज्ने नयाँ नाम पाठशाला न्वारान गरेको । उहाँले भन्नुभयो– संस्कार, संस्कृति, व्यवहारिक र जीवनोपयोगी पठनपाठनको केन्द्रविन्दु बनाउने पाठशालालाई । नाम मात्रै नयाँ होइन, व्यवहार र संस्कृति पनि नयाँ पायौं हामीले त्यहाँ ।
अमेरिका लगायतका देश, विभिन्न दुतावास र शिक्षा सम्बन्धि काम गर्ने दातृ निकायसँग समन्वय गरेर विभिन्न १० वटा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ताजगी गराउँदै अंग्रेजी– नेपाली – गणित – विज्ञान र भाषा लगायतका विषयमा शिक्षक–विद्यार्थीलाई सिकाई अभ्यास गराइ रहेको कुरा NEHA का महासचिव समेत रहनु भएको पाठशालाका सिइओ ईश्वर अधिकारीले जानकारी गराउनुभयो हामीलाई । मैले पाठशाला परिवारलाई शिक्षा सुधारमा सहयोग र सहजिकरण गर्दै अध्ययन भ्रमणका लागि हाम्रो नगरपालिकामा निम्तो गरें । निम्तो सहज ढंगबाट स्विकार्दै भ्रमणको लागि छिट्टै कार्यक्रम बनाउने सिइओ ईश्वर अधिकारीले विश्वस्त पार्नुभयो । सहयोग आदानप्रदान एवम् नगरपालिका र पाठशाला वीच सहकार्यको कार्य योजना बनाउने र मध्यस्थता गर्ने जिम्मेवारी डाक्टर तोयानाथ खनाललाई दियौंँ, दुबै तर्फबाट । नेल्टामा विश्वविद्यालयका प्राध्यापकदेखि आधारभूत तहका समेत गरेर ७,००० सदस्य रहेको जानकारी पायौं । विशेषतः शिक्षा क्षेत्रमा केही न केही गरौँ भनेर मलाई सधैं उत्साह थप्नुहुने आदरणीय दाजु तोया खनालले आजको भेटको वातावरण मिलाउनु भएकोमा हामी उहाँ प्रति सधैं ऋणि रहने छौँ । मेरो मित्र सन्तोष राईको गहिराइमा पुगेर हरेक तहको अनुसन्धान गर्ने स्वभावले मलाई सधैं प्रभावित गराउँछ । त्यहाँ पनि उहाँले आफ्नो असल कर्मलाई निरन्तरता दिनुभयो । तोया दाज, सन्तोषजी, ईश्वर अधिकारी, पुण्डरिक फुँयल, आदरणीय इन्जिनियर विदुर अधिकारी र आदरणीय पूर्ण कुँवर दाजु लगायत पाठशाला परिवारले नगरपालिकाको हितका निमित्त महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
भेटको अर्को महत्वपूर्ण उपलब्धि भनेको पाठशालामा भेटिनु भएको इन्जिनियर विदुर अधिकारी पनि स्थानीय साधन र श्रोतको अधिकतम सदुपयोग गर्ने उद्देश्य बोक्ने अभियन्ता हुनुभएकोले आपसी सहयोग बढाएर जाने निश्कर्ष निकालेर विदा भयौंँ । हामीलाई विद्यालयका विभिन्न कक्षा कोठा र ल्याब लगायतका विषयमा प्रत्यक्ष अवलोकन र जानकारी गराउनु हुने अधिकारी र फुँयल दुबै सर प्रति हार्दिक धन्यवाद ।
(लेखक भट्टराई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ ।)
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।