आश्विन ११, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका स्टाटसहरु लेखिन थाले पछि सार्वजनिक चिन्ताको विषय बन्न पुगेको छ । शदियौँ कालदेखि नेपाली समाजमा एकापसमा सद्भाव र एकता कायम रहदै आएकोमा केही समय देखि विभिन्न वहानामा एकता र सामाजिक सद्भाव भड्किने खालका स्टाटसहरु सामाजिक सञ्जालमा लेखिन थाले पछि खोटाङमा चिन्ताको विषय बन्न पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङको संयोजनमा बुधवार यहीँ विषयमा सर्वदलीय/ सर्वपक्षीय छलफलको आयोजना भएको थियो । अशोज ४ गते कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्य मन्त्रि तिलकुमार मेन्याङ्वो दिक्तेल आउनुहुदा पहिचान पक्षधरहरुले कालोझण्डा देखाएर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीद्धारा बल प्रयोग गरी धरपकड गरिएको भन्दै सामाजिक सञ्जालमा व्यक्तिकेन्द्रित गालिगलौज भइरहेको छ । त्यसलगत्तै गोरु काटिएको तस्विर पोष्ट गरेर विभिन्न स्टाटस लेखिन थालेपछि थप सामाजिक सञ्जालमा पक्ष विपक्षमा कमेन्ट र स्टाटसहरुको लहर नै आए पछि यसबाट सामाजिक सद्भावलाई नै नकारात्मक असर पर्ने चिन्ताले सर्वदलीय छलफल बोलाइएको प्रजिअ सन्तबहादुर सुनारले बताउनुभयो ।
सर्वदलीय/सर्वपक्षीय छलफलमा सबैले समाजलाई सभ्य, मर्यादित, अनुशासित र सद्भावपूर्ण बनाउन विभिन्न कोणबाट विषयवस्तु राखिएका थिए । आफ्नो सँस्कृति, पहिचान र राजनैतिक अधिकारको लागि सबैले सचेत रहन, राज्यसँग माग राख्न पाउनुपर्ने कुरामा सबैको सहमति रहेको तर आन्दोलन शान्तिपूर्ण हुनुपर्ने कुरामा दलहरु वीच एकमत प्रकट भएको छलफलमा सहभागी दलका एक नेताले बताउनुभयो । स्थानीय प्रशासनले पनि निर्दोष व्यक्तिहरुलाई अनुसन्धानका नाममा दुख दिन नहुने, जनताका काम छिटो छरितो सम्पादन गरी जनमैत्री बनाउनुपर्ने जस्ता सुझाव पनि दिइएको उहाँले बताउनुभयो ।
सोही बैठकबाट सबैदलहरुले सामाजिक सद्भाव भड्काउने, आपसमा द्धन्द र झगडा निम्त्याउने खालका स्टाटस नलेख्न/नलेखाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकाछन् । त्यस्तै अशोज १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई सफल बनाउन सबैले सहयोग गर्ने, विकास निर्माणमा ढिला सुस्ती र लापरवाही रोक्न सबैले पहल गर्ने समेत निर्णय भएको जनाइएको छ ।
सर्वदलीय बैठकमा जिल्ला समन्वय समतिका प्रमुख सनबहादुर राई, दिक्तेलरुपाकोट मझुवाढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।