आश्विन २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा एउटा घतलाग्दो मानव सहयोगको उदाहरण पेश गरेकाछन् । सम्झिदा सामान्य लाग्ने तर समस्यामा पिरोलिएकाहरुका लागि जीवनमा विर्सिनसक्नु गुण मानिने यो सहयोग आउने अप्ठेरा दिनहरुमा समेत दोहाराउने ती युवाहरुको भनाई छ ।
दशैँको अवसरमा नरनाता आफन्तकोमा जान यातायातको साधान नपाएर अप्ठ्यारोमा परेकाहरुका लागि उनीहरुले आफ्नै मोटरवाइकबाट नरनाता, आफन्तकोमा आउन जान सहयोग पुराएका हुन् । दिक्तेलवजारबाट ३० किलोमिटर आसपास माइति, ससुराली, मावली लगायत नरनाता आफन्तकोमा आउन जानका लागि खेलकुदकर्मी र सामाजिक अभियन्ता सन्जयकुमार राई, मोतिचन्द्र राई, स्थानीय युवाहरु नानीराम शाही, सुमन राई, कृतमान राईले अशोज २६, २७ र २८ गते तीन दिनसम्म मानवीय सहयोगका रुपमा निःशुल्क आवागमनको सुविधा पुराएको खेलकुदकर्मी मोतिचन्द्र राईले बताउनुभयो ।
उहाँका अनुसार चाँडपर्वको अवसरमा सवारीका साधानहरुमा यात्रुहरुको चाप वढ्ने हुन्छ, सबैको निजी सवारी साधान नहुन सक्छ, यस्तो अवस्थामा नातानालाकोमा नगई नुहने तर जान आउन समस्यामा परेकाहरुलाई ध्यानमा राखी यो अभियान सञ्चालन गरिएको हो । जेष्ठ नागरिक, महिला तथा वालवालिकाहरुलाई वढी ध्यानमा राखि सेवा उपलव्ध गराइएको उहाँको भनाई छ । टिकाको दिनदेखि सुरु गरी तीन दिनसम्म करिव ५५/६० व्यक्तिहरुलाई आउन जान सहयोग पुगेको जनाइएको छ ।
दिक्तेलदेखि दिप्रुङ, नेर्पा, खार्मी, बुइपा, हलेसी, बाम्राङ लगायत आसपासका ठाउँहरुसम्म उहाँहरुले आउन/जान आ-आफ्ना मोटरवाइकको प्रयोग गरी निःशुल्क सहयोग पुराउनुभएको थियो ।
हलेसीतुवाचुङ नगरपालिका वडा नं. ११ राजापानीकी ज्ञानु वुढाथोकी नेर्पा माइतीघरमा टिका थाप्नका लागि उहाहरुकै सहयोगले सजिलै पुग्न सकेको बताउनुहुन्छ ।
यात्राको क्रममा सहयोग पाउनेहरुले कृतज्ञी आँखाले धन्यवाद दिँदा दशैँमा आशिर्वाद थाप्दा पाएको सन्तुष्टिभन्दा अझ वढी आत्मसन्तोष मिलेको अभियानमा सरिक युवाहरुले बताउनुभयो । यसबाट नजिकिदै गरेको दोश्रो महत्वपूर्ण पर्व तिहारमा पनि यातायातको अभावमा माइतिचेलीको भेट हुन सम्भव नभैरहेको अवस्थामा सहयोग पुराउने सोँचमा पुगेको उहाँहरु बताउनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।