भदौ ३१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ४ र जन्तेढुङ्गा गाउँपालिका वडा नं.४ का वीच सावाखोलामा सडकपुल निर्माण गर्न यसको संक्षिप्त वातावरणीय अध्ययनको क्रममा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालयको भू वातावरण तथा सामाजिक शाखा, सडक विभाग चाकुपाट ललितपुरको प्रस्तावमा शुक्रवार खोटेहाङ ४ र जन्तेढुङ्गा ४ वीच सावाखोलामा सडक पुल (७५ मि. लम्वाई) को संक्षिप्त वातावरणीय अध्ययनको क्रममा आयोजनास्थल नजिकको स्थानमा सम्बन्धित सरोकारवाला, जनप्रतिनिधिहरु, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय वासिन्दा र परामर्शदाताको उपस्थितिमा सार्वजनिक सुनुवाईको कार्यक्रम सम्पन्न भएको जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा यस आयोजनाले यस क्षेत्रमा सकारात्मक/नकारात्मक , प्रत्यक्ष/परोक्ष प्रभाव पार्ने भौतिक, जैविक, आर्थिक, सामाजिक, रासायनिक क्षेत्रका वारेमा वृहत छलफल गरी रायसुझाव संकलन गरिएको थियो ।
सार्वजनिक सुनुवाईको क्रममा आयोजना निर्माण गर्दा स्थानीय तहलाई पत्रचार गरी समन्वय गरिनुपर्ने, सडकपुलको दीगोपनलाई कायम गर्न आवश्यक ठाउँमा मेशिनरी वाल, ग्याविन वाल तारजालीको प्रवन्ध र प्रयोग गरी नदी÷खोलाको किनारमा माटो क्षयीकरण हुन नदिने तर्फ ध्यान दिइनुपर्ने सुझाव दिइएको छ ।
सोही क्रममा कृषिजन्य उत्पादित सामाग्री र अन्य दैनिक उपभोग्य सामाग्रीहरु सहजताका साथ वजारसम्म पुर्याउन तथा आवागमनमा सहजता ल्याउन पुल निर्माण कार्यलाई नियमितता र तिव्रता दिइनुपर्ने, पुल निर्माणका क्रममा स्थानीय जनशक्तिलाई सिप र दक्षताका आधारमा रोजगारी प्रदान गरिनुपर्ने, पुल निर्माणमा गुणस्तरीय सरसामान प्रयोग गरिनुपर्ने, समय समयमा पुल निर्माणको कामलाई स्थानीय सरकारले अनुगमन गर्नुपर्ने, निर्माण कम्पनीले कामको वील पेश गर्नुपूर्व स्थानीय अनुगमन समितिको प्रतिवेदन समेत समावेश गरिनुपर्ने जस्ता सुझाव र रायहरु संकलन भएको थियो । यस्ता विषयहरुमा ध्यान नदिइदा कतिपय निर्माण आयोजनाहरु समयमै सम्पन्न नभएको अनुभवबाट सावाखोला सडकपुल निर्माण आयोजनामा स्थानीयहरु सचेत रहेको उपाध्यक्ष खड्का बताउनुहुन्छ ।
सार्वजनिक सुनुवाईमा जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, खोटेहाङ गाउँपालिका वडा नं. ४ वडाकाका वडाध्यक्ष तिलकबहादुर बस्नेत, खोटेहाङ गाउँपालिकाका इन्जिनियर सञ्जयकुमार चौधरी, खोटेहाङ गाउपालिका वडा नं.४का वडासदस्य प्रदिप आचार्य, उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु, स्थानीय वासीन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।