आश्विन २१, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रूङचुइचुम्मा गाउँपालिका वडा नं. २ ओख्रेका लोकगायक जीत कटवालको आफ्नै गाउँमा निधन भएको छ । विक्रम सम्वत २०१७ साल जेष्ठ १४ गते ओख्रेमा जन्मिनु भएको कटुवाल सानै उमेरदेखि गाउँघरमा गुन्जिने लोक गीतहरु गुनगुनाउन रुचाउनुहुन्थ्यो ।
२०३६ सालमा तत्कालिन एसएलसी परीक्षा उतिर्ण गरी राजधानी काठमाण्डौँ गएपछि गायन क्षेत्रलाई पनि निरन्तरता दिदै २०४५/४६ सालतिर रेडियो नेपालमा आफ्नै स्वरमा गीत रेकर्ड गराउन सफल हुनुभयो । उहाँका स्वरमा रेकर्ड गरिएका दर्जनौँ अर्ग्यानिक लोकगीतहरु त्यो वेला रेडियो नेपालबाट प्रसस्त सुन्न पाइन्थ्यो । उहाँलाई सूर्यजित कटवाल भनेर पनि बोलाइने गरिन्थ्यो ।
लामो समयसम्म सरकारी सेवामा रहेर २०५८ सालमा निवृत्त भएपछि कहिले गाउँ र कहिले काठमाण्डौमा दिनचर्या बिताउदै आउनुभएका कटुवाल २०८० साल फागुनमा गाउँ आएर यतै रमाइरहनुभएको वेला अकस्मात अशोज १९ गते उहाँलाई ज्वरांसले सताएको पारिवारिक श्रोतले जनाएको छ । उपचारको लागि दिक्तेल ल्याउदा ल्याउदै उहाँको अशोज १९ गते राती दुखद निधन भएको उहाँका भाई (काकाको छोरा) बद्रि कटुवालले बताउनुभयो ।
स्वर्गीय कटवालका १ पत्नि, १ छोरा र १ छोरी हुनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ कात्तिक २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४...
स्वदेशी उत्पादन र वातावरण संरक्षणमा हस्तक्षेपकारी भूमिका खेल्न आग्रह हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क, खोटाङ/ कात्तिक १७/खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज...
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान