कार्तिक १३, २०८० , Kathmandu,Nepal
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा वरिष्ठ चित्रकार एवं प्राज्ञको एक टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ । राष्ट्रपति पौडेलसँग आज शितल निवासमा नगरप्रमुख भट्टराई समेतको टोलिले भेट गर्दै दिक्तेलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मुन्दुम चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीका बारेमा चर्चा गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईका साथै प्राज्ञ एवं कलाकार धनु याक्खा, प्राज्ञ एवं वरिष्ठ चित्रकार विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, वरिष्ठ चित्रकार किरण सिजु, वरिष्ठ चित्रकार विनिता इजमले भेट गर्नुभएको थियो ।
टोलिसँग राष्ट्रपति पौडेल हँसिलो र प्रशन्न मुद्रामा प्रस्तुत हुँदै दुरदराज मानिने भूगोलमा १४ विदेशी राष्ट्रहरुका साथ स्वदेशका प्रशिद्ध चित्रकारहरुलाई एकै ठाउँ जुटाएर लाइभ चित्रकला सिर्जना गर्दै कार्यशाला तथा कला प्रदर्शनी गराएर दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले इच्छा गर्दा असंभव लाग्ने काम पनि सम्भव हुने पुष्टि गरेको भन्दै नगरपालिकालाई बधाई दिनुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
कला , साहित्य र संगितले विश्व जगतलाई पुलको रुपमा जोड्ने भएकोले खोटाङबाट शुरु भएको यो अभियानलाई थप अगाडि बढाउन आफ्नो तर्फबाट सकारात्मक योगदान रहने राष्ट्रपति पौडेलले बताउनुभयो । त्यही क्रममा नगरवालिकाका तर्फबाट आगामी माघ १० गतेदेखि माघ मसान्तभित्र काठमाण्डौँस्थित नेपाल आर्ट काउन्सिल ववरमहलमा आयोजना गरिने चित्रकला प्रदर्शनीमा प्रमुख आतिथ्यताका लागि गरिएको अनुरोध राष्ट्रपतिबाट स्विकृत भएको थाहा भएको छ ।
गत अशोज १७ देखि २१ गते सम्म दिक्तेलवजारमा आयोजना गरिएको मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८० सम्पन्न भए पछि दोश्रो चरणको कार्यक्रम अन्तर्गत त्यहाँ तयार गरिएका चित्रकलालाई माघ अन्तिमतिर काठमाण्डौमा पनि प्रदर्शनी गरिन लागिएको बताइन्छ । राष्ट्रपति पौडेलबाट उक्त प्रदर्शनीको उद्घाटन तथा क्याटलक पुस्तिका विमोचन र चित्रकारहरुलाई सम्मान र प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय भएको नगरप्रमुख भट्टराइले जानकारी गराउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।