माघ २५, २०८० , Khotang
सरस्वती माध्यामिक विध्यालय दिक्तेलले सबैभन्दा वढी स्वर्ण पदक चुम्दै प्रथम घोषित
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा वढि स्वर्ण पदक प्राप्त गरी श्री सरस्वती माध्यामिक विध्यालय दिक्तेल प्रथम उपाधि हासिल गदै समापन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजार स्थित सरस्वती माध्यमिक विध्यालयको प्राङ्गणमा प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती वजिमयले आईतबार उद्घाटन गर्नुभएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज औपचारिक कार्यक्रम समापन भएको हो ।
नगरपालिका भित्र सञ्चालित ११ वटा मा.वि.बीच गराइएको प्रतियोगितामा १२ स्वर्ण, ११ रजत र १२ काँस्य पदकसहित श्री सरस्वाती माध्यमिक विध्यालयले प्रथम स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ११ स्वर्ण, १० रजत र ११ कास्य पदकसहित श्री जनजागृति मा.बि सोल्मा डाँडागाँउ दोस्रो भएको छ भने १० स्वर्ण, ११ रजत र ११ कास्य पदकसहित दिक्तेल इङ्लिस वोर्डिङ स्कुल दिक्तेल तेस्रो भएको छ ।
त्यस्तै ८ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित श्री मा.वि मझुवा बासवोटेले चौथो स्थान प्राप्त गरेको छ भने ६ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित श्री जाल्पा मा.वि जाल्पा पाँचौँ भएको जनाइएको छ ।
प्रतियोगितामा छात्राछात्रतर्फ कबड्डी, भलिवल, एकसय, दुईसय, चारसय, आठसय, पन्ध्रसय, तीनहजार मिटर दौड, चारजनाले पालैपालो दौडने एकसय मिटर रिले दौड, चारजनाले पालैपालो दौडने चारसय मिटर रिले दौड, सटफुट, ज्याबलिन थ्रो, लङजम्प, त्रिपल जम्प, मार्सल आर्ट, कराते लगायत २७ विधामा एक÷एक स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलार्ई ट्रफि, भलिवल छात्राछात्र, कबड्डी, छात्राछात्र प्रथम हुनेलार्ई कप, अन्य सबै विध्यालयलार्ई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका सदस्य सचिव एवं सरस्वती माविका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती वजिमय, बिशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराई, अतिथिहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेसकुमार घिमिरे साथै सम्पुर्ण विध्यालयका प्रधानाध्यापक शिक्षक, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रम रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव एवं सरस्वती माविका प्रधानाध्यापक शिवहरी ढकालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।