माघ १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी राधाकृष्ण मावि बाँझेच्यानडाँडाले चुमेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयबीच गत बुधबारदेखि शनिवारसम्म गराईएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ काँस्य पदक सहित साकेला गाउँपालिका-१ मा सञ्चालित राधाकृष्ण मावि प्रथम भएको हो ।
प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जित्दै साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालय दोश्रो भएको छ भने पाँच स्वर्ण, छ रजत र सात काँस्य पदक जित्दै बालबालिका माध्यमिक विद्यालय मात्तिम नौलाखर्क तेश्रो हुन सफल भएको छ ।
राधाकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ १६ गते बुधबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा तीन स्वर्ण, एक रजत र तीन काँस्य पदक जितेर सरस्वती मावि मात्तिमबिर्ता चौथो, दुई स्वर्ण, पाँच रजत र चार काँस्य पदक जितेको सिद्देश्वरी मावि खिदिमा पाँचौ र यसै वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ एक काँस्य पदक जितेर छैठौं हुन सफल भएको छ ।गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का वडाअध्यक्ष हेमन राई र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
सहभागि विद्यालय तथा खेलाडीलाई बधाई ज्ञापन गर्ने क्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकाय सम्म पुर्याउन प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन प्रतिवद्ध भएको र खेलाडीहरुले आफ्नो विद्यालयको मात्र नभई समग्र पालिकाको प्रतिष्ठाको लागि खेल खेल्न आग्रह गर्नुभयो ।
प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिङ थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र(छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रअ हिराधन गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !