चैत्र २७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावावेशी गाउँपालिका वडा नं.४ डुम्रेधारापानीलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिबद्धता’ भन्ने मूलनारासँगै रावाबेसी गाउँपालिका–४डुम्रे धारापानीले आज पूर्णखोप सुनिश्चितता वडा घोषणा गरेको हो ।
वडाभित्रका जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेर सुनिश्चित भएपछि डुम्रेधारापानी वडाले पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको जनाइएको छ ।
६ वडा रहेको गाउँपालिकामा डुम्रेधारापानीभित्र जन्मेदेखि १५ महिनाभित्रका २८ जना बालबच्चाले राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई (जापनिज इन्सेफलाइटिस) खोपको मात्रा पूरा गरेको आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको डुम्रे धारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो ।
यस अगाडि रावावेशी गाउँपालिकाका अन्य वडाहरुलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरि सकिएको जनाइएको छ । जस अनुसार चैत्र २५ गते वडा नं. २ खार्पा, वडा नं.३ लामीडाँडा, चैत्र २६ गते वडा नं. १ कुभिण्डे, वडा नं.५ दुवेकोल र वडा नं. ६ हौँचुरलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिसकिएको पालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।
खोटाङलाई २०७४ पौष १४ गते ३१औं पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।