माघ २३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेल वजार आसपास साना तथा ठूला सवारी साधानहरुको पार्किङको व्यवस्थापनमा सरोकारवालाको ध्यान पुग्न नसकिरहेको व्यापक जनगुनासो आइरहेको वेला स्थानीय प्रशासनले यस सम्बन्धमा लामा तथा छोटा दूरिका सवारी साधानका साथै अन्य ढुवानीका साधनहरु समेत तोकिएको वसपार्कमा अनिवार्य रुपमा पार्किङका लागि लैजानुपर्ने निर्णय गरेको छ । खोटाङ जिल्लाका प्रमुख जिल्ल्ला अधिकारी पवित्रप्रकाश शाहको अध्यक्षता तथा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको विशेष आतिथ्यतामा आज बसेको सर्वपक्षीय बैठकद्धारा सवारीका साधानहरु र अन्य ढुवानीका लागि प्रयोग हुने ट्रक तथा ट्रयाक्टरहरु समेत तोकिएको बसपार्कहरुमा आजदैखि पार्किङका लागि लैजानु पर्ने निर्णय भएको हो ।
मंगलवार बसेको बैठकद्धारा सदरमुकाम आसपास सडकछेउमा निर्माण भएका संरचना र पार्किङ सम्बन्धि, यातायात सञ्चालन र व्यवस्थापन सम्बन्धमा प्रभावकारी ढंगबाट काम गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ का वडाध्यक्षको अध्यक्षतामा एउटा समति गठन गरिएको छ । समितिका सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ र ३ का वडाध्यक्षहरु, जिल्ला प्रशासन कार्यालयले तोकेको एक प्रतिनिधि, ट्राफिक कार्यालयको इन्चार्ज, खोटाङ उध्योग वाणिज्य संघका अध्यक्ष, निर्माण व्यवसायी संघका महासचिव, यातायात व्यवसायी संघका अध्यक्ष, नगरप्रहरी इन्चार्ज, यातायात व्यवसायी मझौला प्रतिनिधि, रम्बा खोला माझ खोला शहरी खानेपानी समितिको प्रतिनिधि, नापी कार्यालयका अमिन रहनेछन् साथै सदस्य सचिवमा दिक्तेल रुपाकोट मभझुवागढी नगरपालिकाका योजना शाखा प्रमुख रहने जनाइएको छ ।
बैठकबाट लामो दूरिका बस या जीपहरु आचार्य बसपार्कमा लगेर पार्किङ गर्नुपर्ने छोटो दुरिका बस तथा जीप सोल्मा बसपार्कमा पार्किङ गर्नुपर्ने निर्णय गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । त्यस्तै ठूला ट्रकहरु आचार्य गाउँ बसपार्कमा र ट्रयाक्टरहरु सोल्मा बसपार्कमा अनिवार्य रुपमा पार्किङका लागि लैजानुपर्ने निर्णय भएको छ ।
आचार्य गाउँ बसपार्क तथा सोल्मा बसपार्कबाट सञ्चालन गरिने यातायात व्यवसायीहरुले सो स्थानहरुमा अनिवार्य रुपमा काउण्टरको स्थापना गरी इन्ट्रीको व्यवस्थापन गर्नुपर्ने जनाइएको छ ।
बैठकमा प्रहरी कार्यालयका प्रमुख प्रनाउ पुरुषोत्तम खड्का, वडा नं.१ का वडाध्यक्ष नवराज राई, वडा नं. २ सोल्माका का.वा. वडाध्यक्ष सुमन राई, खोटाङ उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, ट्राफिक कार्यालयका इन्चार्ज मनोज खड्का तथा खोटाङ यातायात प्रा.लि.का पदाधिकारीहरु लगायत अन्य सराकोरवालाहरुको उपस्थिति रहेको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।