फागुन ३०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावाबेसी गाउपालिका–४ डुम्रे धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा अज्ञात समूहले लगाएको आगोले वन पूर्णरुपमा जलेर सखाप भएको छ । मंगलवार करिब दिउँसो १२ बजे देखि लाग्न शुरु गरेको आगो अझै नियन्त्रण भन्दा बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
कालिका भगवती सामुदायिक वनमा डढेलो फैलिदै
डुम्रे धारापानी–४ खहरे पाखाबाट लाग्न शुरु गरेको आगोले सामुदायिक वनसंगै स्थानीय धारापानीका विन्द्रमान निरौला, तुलबहादुर आले मगर, कल्पना रार्ई, खड्ग बहादुर मगर र अकल बहादुर मगरको खरभएको पाखा पनि जलेर नष्ट भएको रावाबेसी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनु भयोे । उहाँ भन्नुहुन्छ–‘आगो लाग्न नदिन राज्य वा कुनै निकायको भन्दा पनि स्थानीय व्यक्ति र समुदायकै ठूलो जिम्मेवारी हुन्छ । राज्यका निकायले त घटना भइसकेपछि व्यवस्थापन गर्न मात्र सक्छन् ।’ उहाँले डढेलोको मौसममा मानिसहरूलाई जथाभावी आगो बाल्न, चुरोट विडीको ठुटाहरु जथाभावी फाल्न वा जंगलका पात पतिंगारमा आगो झोस्न नहुने बताउनुभयो । नयाँ पालुवा वा मुना पलाउने आशामा जंगल, पाखा पखेरामा पुराना झाडी वुट्यानहरुमा डढेलो लगाउने चलन रहेको तर्फ उहाँको संकेत थियो । त्यस्तै गोठ कटेरो वा घरमा वस्तुलाई खोले वा खानाको लागि चुल्हामा आगो बालेर घरका मानिस अन्यत्र काममा जाने गर्दा पनि आगो बल्दै घर या गोठको काठपातमा आगोले भेटेर आगलागी को सम्भावना हुनसक्ने वडाध्यक्ष पाण्डे बताउनुहुन्छ । विध्युत शर्ट भएर पनि आगलागी हुनसक्ने हुदा वायरिङ गर्दा ध्यान पुराउनुपर्ने उहाँको भनाई छ ।
रावाबेसी गाउपालिका–४ डुम्रे धारापानीमा रहेको उक्त सामुदायिक बनमा हरेक बर्ष डढेलोबाट जंगलका वोटविरुवा, पाखा पखेराका खर वुट्यान, जंगल छेउका मानव वस्तिमा समेत क्षति पुराउने गरेको बताइन्छ । वडाध्यक्ष पाण्डेका अनुसार गत बर्ष पनि सोही ठाउंमा डढेलो लागेको थियो । डढेलोको कारण वस्तुभाउ, जङ्गली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा समेत ठूलो असर पर्ने हुन्छ ।
स्थानीय सामाजिक अभियन्ता फडिन्द्र अधिकारी भन्नुहुन्छ–‘डढेलोको कारण वन क्षेत्रमा रहेका साना बोट विरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावर, चराचुरुङ्गीलाई बढी क्षति हुने गरेको छ ।’
बर्षै पिच्छे जंगलमा डढेलोले क्षति पुराउदै आएको भएपनि अहिले सम्म आगो लगाउने ब्यक्तिको पहिचान हुन नसक्दा डढेलो नियन्त्रण प्रभावकारी हुननसकेको बताइन्छ ।
मंगलवार देखि लागेको डढेलोको कारण जंगल नजिकका वस्तिका मानिसहरु रात भरि त्रसित बनेर बस्नु परिरहेको स्थानीयबासीको भनार्ई छ । अहिले डढेलो धारापानीको कोटगढीमा पुगेको छ । डढेलो अझ फैलिदै गएको हुँदा आसपासका गाउँहरु जोखिममा रहेको वडाध्यक्ष पाण्डेले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !