जेठ ०२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालयहरुमा जीवनोपयोगी शिक्षा अभियान शुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मंगलवार नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विध्यालयहरुमा यो अभियान सञ्चालन गर्न थालेको हो ।
यही अभियान अन्तर्गत जेष्ठ १ गते मंगलवारका दिन वडा नं. ४ खाल्लेस्थित शितला माविका विध्यार्थी र शिक्षकहरु विध्यालय परिसरमा रहेको खालि जमिनमा केरा र लिचि रोप्ने तयारीमा जुटेकाछन् । कक्षा ६ देखि १० सम्मका विध्यार्थीहरु र सबै शिक्षकहरु सहभागी भएर विध्यालयको नाममा रहेको १५ रोपनी जग्गाक्षेत्रअन्तर्गत सदुपयोगमा नरहेको जमिनमा झाडी वुट्यानहरु सफा गरिएको छ ।
वर्षादको समय शुरु भएको अवसर पारेर यो जमिनमा केरा र लिचिको विरुवा रोपी त्यसको उचित संरक्षण गरेर विध्यालयको आम्दानीको श्रोतमा टेवा पुराउने सोँचले पाठ्यपुस्तकविहिन जीवनोपयोगी शिक्षा अन्तर्गत आज देखि जमिनलाई सदुपयोग गर्न शुरु गरिएको शिक्षक मिनकुमार दाहाल बताउनुहुन्छ ।
उहाँका अनुसार उपयोगविहिन अवस्थामा रहेको यी जमिनमा ऐँसेलु र वनमाराका वाक्लो झाडी रहेको हुँदा पहिलो चरणमा ती सबै सफा गरेर त्यसलाई नष्ट गरी जमिनलाई विरुवा रोप्न लायक बनाइनेछ । अनि कुन कुन प्रजातीका केरा, लिचि र त्यसका विरुवाहरु कसरी जुटाउने भन्ने योजना बनाइनेछ, त्यसपछि मौसम अनुकूलतालाई हेरेर तिनिहरुलाई दूरि मिलाएर रोपिनेछन् । उहाँ थप्नुहुन्छ–‘त्यसवीच मलजलको उचित प्रवन्ध गरिनेछ र यो कार्यक्रमलाई अभियानका रुपमा निरन्तर अगाडि बढाइने छ ।’
विक्रम सम्वत २०१८ सालमा स्थापना गरिएको यस विध्यालयमा सबैतहका गरी १३ जना शिक्षकहरु कार्यरत हुनुहुन्छ भने अन्य २ जना कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्छ । विध्यालय श्रोतका अनुसार विध्यालयमा १३० जना विध्यार्थीहरु अध्ययनरत छन् । विध्यालयको भौतिक पूर्वाधारमा जोड दिन जरुरी रहेका श्रोतको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !