भदौ ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले लगातारको वर्षादका कारण सडक बिग्रिएर आवत–जावतमा समस्या भएपछि पालिकाको आफ्नै मेसिन र ट्याक्टरको सहायताले जनश्रमदान जुटाएर सडक मर्मत गरिरहेको छ । मानेभञ्ज्याङ–बाँझे सडक खण्ड अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर–२ रतन्छा खण्डमा हिलोका कारण सवारी आवागमनमा समस्या भएपछि शुक्रबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा जनश्रमदान जुटाएर सडक मर्मत गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका संयोजक सनबहादुर राईले समेत शुक्रबार बेलुका ८ बजेसम्म भएबो सडक श्रमदान अभियानमा आफ्नो सहभागिता दिनुभएको थाहा भएको छ । गाउँपालिकाले चलाएको जनश्रमदानको अभियानमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै उहाँले नागरिकले यातायातमा भोग्दै आएको दुःख र समस्यालाई साकेला गाउँपालिका सरकारले समाधान गर्ने सह्रानीय काम गरेको बताउनुभयो ।
हिलोका कारण सवारी आवतजावतमा समस्या देखिएपछि उक्त क्षेत्रमा एक वटा ब्याकहोलोडर र तीन वटा ट्याक्टर प्रयोग गरेर हिलो फ्याल्ने र सवबेस लगाउने काम सम्पन्न गरिएको हो । करीव आठ सय मिटर लम्वाईको सडक मर्मत कार्यका लागि स्थानीय नागरिकहरुले जनश्रमदान गरेका थिए । वर्षादका कारण सडक विग्रिएर आवतजावतमा समस्या भईरहेको क्षेत्रहरुमा क्रमिक रुपमा सुधार गर्दै लगिने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ ।
साकेला गाउँपालिकाको समृद्ध साकेला निर्माणको अभियानलाई साथ दिन स्थानीय नागरिकहरुको श्रमदान उल्लेख्य मात्रामा देखिएको थियो । उक्त क्षेत्रमा सडक खाल्डाखुल्डी हुनुका साथै पानी जमेर हिलो भएपछि आवत जावतमा समस्या हुँदै आएको थियो । उक्त सडक मार्गहुँदै आवतजावत गर्ने सवारी तथा यात्रुहरुको समस्यालाई बुझेर गाउँपालिकाले चलाएको उक्त अभियान पश्चात आवतजावतमा सहज भएको स्थानीय सन्तराज राईले बताउनुभयो । सडक मर्मत गरिएपछि पालिकाको केन्द्रसम्म आवत–जावत गर्न सहज भएको उहाँको भनाई छ ।
हरेक कुराबाट पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र गाउँपालिकाले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका अध्यक्ष राईको भनाई छ । टोल–टोलबाट नागरिक आफै सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी सडक तथा पूर्वाधार, सरसफाई लगायतका कार्यमा लागि पर्नुपर्ने र पालिकाभित्र हुने हरेक विकासको कार्य नागरिकस्तरबाट भईरहँदा पालिकाको साथ रहने उहाँले बताउनुभयो । पालिकाको समग्र क्षेत्रको विकास गरि समृद्ध साकेला निर्माण गर्न सम्पूर्ण साकेलाबासी एकजुट हुनुपर्ने प्रमुख राईको धारणा छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।