असार २२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा डिभिजन वन कार्यालयले करिब ८५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालय खोटाङका अतिरिक्त सव डिभिजन कार्यालयहरूले जिल्लाका अन्य दुई स्थानहरुमा नर्सरी स्थापना गरेर विरुवा उत्पादनका साथै निःशुल्क वितरण गरिन लागिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख डिएफओ पशुपति दाहालले जानकारी दिनुभएको छ ।

डिभिजन वन कार्यालयको नर्सरीमा ४५ हजार, सव डिभिजन कार्यालय ऐँसेलुखर्क गाउँपालिकामा २० हजार र खोटेहाङ्ग गाउँपालिकाको नर्सरीमा २० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरेर बितरण गरिरहेको हो ।
डिभिजन बन कार्यलयको करिब ७०/७२ हेक्टरमा उत्पादन गरिएका बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको प्रमुख दाहालले बताउनु भयो । जडीबुटी र फलफूलका गरि विभिन्न २० प्रजातिका विरुवाहरु उत्पादन गरि वितरणको काम थालिएको हो ।

नर्सरीमा खोटो सल्लो, रार्ई खन्यु, कोर्ईराला, अम्बा, किम्बु, चाप, डालेघाँस, तेजपात टिमुर, लगायतका बिरुवा उत्पादन गरेर निःशुल्क बितरण भैरहेको प्रमुख दाहालले बताउनु भयो । उहाँ भन्नु हुन्छ–‘विभिन्न प्रजातिका बिरुवा रोप्न चाहने व्यक्ति, संघसंस्था, समूहहरुले डिभिजन बन कार्यलयमा सम्पर्क गरेर लैजान पनि आग्रह गरिरहेकाछौँ ।
उहाँका अनुसार किसानको आयआर्जनमा बृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरिरहेको हो । नर्सरीमा विभिन्न प्रजातिका बिरुवाहरु काठमाण्डौ, चितवन, दोलखा, तँनहुबाट ल्याइने गरेको डिभिजन बन कार्यलय खोटाङले जनाएको छ । अहिले सम्म ५० हजार बिरुवा निःशुल्क बितरण भइसकेको जनाइएकोछ ।
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान