चैत्र १९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङमा पनि पहिलो रक क्लाइम्बिङ स्पोर्ट निर्माणको काम शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ मझुवाकालिका देविस्थान नजिकै २२, २३ मिटर उचाइ रहेको ढुंगाको पहरोमा रक क्लाइम्बिङका लागि स्थान छनौट गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा चैत्र १८ देखि काम शुरु गरिएको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
डोरीको सहायताले भीर तथा चट्टानमा खेलिने रक क्लाइम्बिङ साहसिक खेलमध्येको एक मानिन्छ । विदेशमा धेरै खेलिने भएपनि पछिल्लो समय नेपालको विभिन्न स्थानमा यो खेलको प्रवद्र्धनमा मानिसहरुको ध्यान जान थालेको पाईन्छ ।
यस्तो साहसिक खेलको लागि खोटाङमा यसको सम्भावनाका वारेमा कसरी सोँच बनाइयो भन्ने सम्बन्धमा नगरप्रमुख भट्टराई भन्नुहुन्छ–‘मझुवाकालिका देविस्थान वरिपरि फूलै फूल रोपेर आकर्षक बनाउने अभियानमा मझुवागढी कालिका देविथान वरिपरि सरसफाई तथा फूलका वृक्षारोपण गर्ने क्रममा यहाँको भू-प्राकृतिक बनावटलाई नजिकैबाट अध्ययन/अवलोकन गर्ने अवसर मिल्यो । फूल रोप्ने, झाँडी-बुट्यान सफा गर्ने अभियानमा स्थानीयवासीहरु, राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ, संस्था तथा सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका तर्फबाट पनि सहभागिता भैरहेको थियो । त्यसै क्रममा सशस्त्र प्रहरी हलेसी गुल्मका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बमले देविस्थान नजिकैको २२, २३ मिटर उचाइ रहेको चट्टानी भीरलाई रक क्लाइम्बिङका लागि उपयुक्त स्थानका रुपमा सुझाव दिदै यसबाट खेलसँगै पर्यटनलाई समेत जोड्न सकिने सल्लाह दिनुभयो । प्रारम्भमा उहाँको यो सुझावकै आधारमा हामीले रक क्लाइम्बिङ सँग सम्बन्धित संस्थाहरुसँग सम्पर्क ग-यौँ, उहाँहरुको सकारात्मक सुझाव प्राप्त भएपछि यसको लागि नगरपालिका तयार भएको हो ।’
गत पौष महिनामा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा सेर्पा मझुवागढी कालिका देविस्थानको दर्शन गर्दै रक क्लाईम्बिङका लागि सोचिएको स्पोर्टको पनि स्थलगत निरिक्षण गर्नुभएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । शेर्पाले ६ पटक विश्वको सर्वाच्च शिखर सगरमाथा आरोहण गरिसक्नुभएको छ । उहाँको भनाईमा देविस्थान नजिकको उक्त भिर रक क्लाइम्बिङका लागि अत्यन्त उपर्युक्त रहेको छ ।
यतिखेर रक क्लाईम्बिङ स्पोर्ट निर्माणका सिलसिलामा ६ पटक सगरमाथा आरोहणका साथ नेपाल लगायत विश्वका अग्ला र महत्वपूर्ण हिमाल आरोहण गर्नु भएका पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा सेर्पा, १२ पटक सगरमाथा, १९ पटक ८ हजार मिटर भन्दा अग्लो हिमाल तथा विश्वका बिभिन्न हिमाल आरोहण गर्नु भएका ग्याल्जेन सेर्पा, सन् २०१२/२०१४ मा ‘रक क्लाइम्बिङ’राष्ट्रिय च्याम्पियन प्राप्त तथा विश्वका विभिन्न मुलुकमा रक क्लाइम्बिङ’ च्याम्पियन सिपमा भाग लिनु भएका निरज कार्की र इक्वीपमेन्ट इन्चार्ज वुद्ध रिसाल चैत्र १७ गते नै दिक्तेल आइपुग्नुभएको छ ।
नगरपालिकाको मझुवागढी शौन्दर्यकरण गुरुयोजना अन्तर्गत कालिका देविस्थान नजिक निर्माण गरिने रक क्लाइम्बिङ स्पोर्ट पनि पर्दछ । मझुवागढी कालिका देविस्थान शौन्दर्यकरणका लागि यो आर्थिक वर्षमा रु १ करोड बाउन्न लाख वजेट विनियोजन भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । जसमा ७० प्रतिशत प्रदेश सरकारको र ३० प्रतिशत नगरपालिकाको सहभागिता रहने छ । त्यही बजेट भित्र रक क्लाइम्बिङका लागि चट्टानीभिरमा आवश्यक पूर्वाधार निर्माण लगायत क्लाइम्बिङमा चाहिने सामाग्रीहरुको व्यवस्थापन गरिने जनाइएको छ । रक क्लाम्बिङ स्पोर्टको निर्माण कार्य आगामी आषाढ भित्रमा सम्पन्न गरि सक्ने लक्ष्य रहेको नगरप्रमुख भट्टराई बताउनुहुन्छ ।
रक क्लाइम्बिङ स्पोर्ट निर्माणको पहिलो दिन निर्माण टोलिका साथमा स्थानीय युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको थाहा भएको छ । जिल्लामै पहिलोचोटि रक क्लाइम्बिङ स्पोर्ट बन्न लागेकोमा यो अत्यन्त महत्वपूर्ण काम रहेको उहाँहरुको धारणा छ । युवाहरुको शारीरिक व्यायामका साथ प्राकृतिक प्रकोपका समयमा पनि यो खेलका कारण शारीरिक दक्षता बढ्ने उनीहरुको भनाई छ ।
मझुवागढी कालिका भगवती क्षेत्रमा ‘रक क्लाइम्बिङ’सगै भ्यू प्वाइन्ट, शौचालय, ग्यालरी पनि निर्माण हुने नगरप्रमुख भट्टराईको कथन छ ।
नयाँ प्रजिअ शिवकुमार कार्की तथा रक क्लाइबिङ स्पोर्ट निर्माणका लागि आउनुभएका टोलिलाई नगरपालिकाको तर्फबाट स्वागत कार्यक्रम
खोटाङमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आउनुभएका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई आईतवार एक कार्यक्रमका वीच दिक्तेल रुपकोट मझुवागढी नरपालिकाको तर्फबाट स्वागत गरिएको छ । नयाँ प्रजिअ कार्कीको कार्यकालमा खोटाङमा शान्तिसुरक्षाको थप प्रत्याभूति नागरिकले गर्न पाउन भन्दै उहाँको सफलताको कामना गरिएको छ । सोही अवसरमा ६ पटक सगरमाथा आरोहणका साथ नेपाल लगायत विश्वका अग्ला अग्ला हिमाल आरोहण गर्नु भएका पर्वरोहण प्रशिक्षण संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा, १२ पटक सगरमाथा र १९ पटक ८ हजार मिटर भन्दा अग्लो हिमाल तथा विश्वका बिभिन्न हिमाल आरोहण गर्नु भएका ग्याल्जेन सेर्पा, ‘रक क्लाइम्बिङ’ राष्ट्रिय च्याम्पियन सन् २०१२ / २०१४ र विश्वका विभिन्न मुलुकमा र रक क्लाइम्बिङ’ च्याम्पियन सिपमा भाग लिनु भएका निरज कार्कीका साथै इक्विपमेन्ट इन्चार्ज बुद्ध रिसाललाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आइतवार एक कार्यक्रम वीच स्वागत गरेको छ । उहाँहरु मझुवागढी देविस्थान नजिकै रक क्लाइम्बिङ स्पोर्ट पूर्वाधार निर्माणका क्रममा दिक्तेल आउनुभएको हो ।
उहाँहरुलाई नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख वीशन राई, वडाध्यक्षहरु लगायतले राष्ट्रिय फूल गराँसको माला लगाइदिएर स्वागत गर्नुभएको थियो ।
रक क्लाइम्बिङ स्पोर्टका केही तस्विरहरु
p
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !