फागुन ०४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकामा अत्यधिक भारवान क्षमताको काठ बोक्ने ट्रक सञ्चालन गरिदा सडक बिगारेपछि गाउपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश निषेध गरेको निर्णय विपरित प्रवेश गर्ने २१ टन क्षमताको दश चक्के ट्रकलाई नियन्त्रणमा लिइएको छ । गाउँपालिकाको वडा नम्बर–३ खिदिमास्थित पुङ्मामा तराई लैजान काठ लोड गर्दै गरेको प्रदेश १–०२–००१ ख ९९७६ नम्बरको ट्रक नेपाल प्रहरीको सहयोगमा विहिबार नियन्त्रणमा लिईएको हो ।
अत्यधिक भार वहन गर्ने मालबाहक ट्रक गाउँ प्रवेश गर्दा भर्खरै बनेको कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय नै गरेर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ भने प्रवेश गरेको पाईएमा २० हजार रुपैंया सम्म जरिवाना गर्ने निर्णय गरेको छ ।
‘अत्याधिक भारवहन क्षमताका गाडीहरु गाउँ प्रवेश गर्दा सडकहरु क्षतविक्षत भएको पाईएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको अध्यक्ष राईले बताउनुभयो । यसअघि काटिसकेर घाटगद्धीमा राखेको काठ ओसार्न भने १५ टन क्षमताको ६ चक्के ट्रकलाई सम्बन्धित वडा कार्यालयको अनुमति लिएर ढुवानी गर्न दिइने कार्यपालिकाबाट निर्णय भएको उहाँले बताउनुभयो ।
‘यसअघि काटेर राखिएका काठ निकासा गर्नका लागि १५ टन क्षमताका ६ चक्के गाडीबाट ढुवानी गर्न दिइने छ’ राईले भन्नुभयो ‘त्यसपश्चात ६ चक्केलाई पनि गाउँपालिका प्रवेश निषेध गरिनेछ ।’ राज्यको अरबौं बजेट लगानी गरेर निर्माण गरिएका सडक संरचनाहरु बचाउनका लागि आफूहरु निर्मम बन्नुपरेको अध्यक्ष राईको भनाई छ ।
पछिल्लो समय गाउँगाउँमा उत्पादन भएका उत्तिसजन्य काठ लिन ठूला–ठूला भारवन क्षमताका ट्रक गाउँ छिर्ने गरेका छन् तर तिनीहरुले बिगारेको सडक मर्मत गर्न करोडौं लाग्छ, हामीसँग मर्मत गर्ने पैसा छैन, व्यवसायीहरुले बनाईदिदैनन् । काठ निकासीले गाउँपालिकालाई केही राजश्व संकलन होला, स्थानीयलाई केही फाईदा त होला तर दुईचार लाख फाईदा हुने लोभमा भर्खरै बन्दै गरेको सडक संरचना भत्किएको टुलुटुलु हेरेर बस्न सकिएन ।
मालबाहक ट्रकले बिगारेका सडक मर्मत तथा पुनः निर्माण गर्न राज्यको करोडौं बजेट खर्च लाग्ने भएकाले त्यस्तो हुन नदिन गाउँपालिकाले यस्तो कदम चालेको अध्यक्ष राईको भनाई छ । उता, छिमेकी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि अत्यधिक भारवान क्षमताका ट्रकलाई गाउँपालिका प्रवेश गर्न रोक लगाएको छ । कार्यपालिका वैठकले निर्णय गरेरै उक्त क्षमताका ट्रकलाई आवत जावतमा रोक लगाएको सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !