भदौ ११, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८० हुनेभएको छ । जिल्लाका दशवटै पालिकाको कला, सँस्कृति र पर्यटन प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, बेसीँकासाथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगालिक स्थान, क्षेत्र र जीवनशैलीको शुन्दर पक्षहरुको प्रचार प्रसारका लागि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा अशोज १७ गतेदेखि अशोज २० गतेसम्म यस्तो आयोजना गरिन लागेको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
प्रत्यक्ष चित्रकलाका माध्यमबाट जिल्लाको साँस्कतिक, धार्मिक, पर्यटकीय पहिचानलाई देश तथा विदेशमा प्रचार गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुराउने उद्धेश्य रहेको नगरप्रमुख भट्टराईको भनाई छ । प्रदर्शनीमा खोटाङ जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको महत्व झल्किने स्थान तथा कृयाकलापको प्रत्यक्ष चित्राङ्कित तस्विरहरु रहनेछन् ।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०को व्यापक प्रचार प्रसार गरी खोटाङका चित्रकारहरुलाई पनि सहभागी गराउने लक्षअनुसार यसको प्रचार अभियानलाई जोड दिइनेछ ।
स्थानीय विध्यालयका विध्यार्थीहरुलाई पनि चित्रकला प्रदर्शनीमा सहभागी गराउन प्रेरित गर्ने उद्धेश्यले आइतवार नगरप्रमुख तीर्थराज भट्टराईसमेतको एक टोलि सदरमुकामस्थित सरस्वती नमूना माध्यामिक विध्यालयका विध्यार्थीहरुका वीचमा पुगेर चित्रकला प्रदर्शनीका वोरमा अवगत गराउनुभएको थाहा भएको छ । त्यस्तै आज दिक्तेल इङ्लिस सेकेण्डरी वोर्डिङ स्कुल, माउण्ट एभरेष्ट वोर्डिङ स्कुल, पञ्च मावि र जनजागृति माविमा पुगेर त्यहाँ अध्ययनरत विध्यार्थी भाइबहिनीहरुलाई सहभागिताका लागि प्रेरित गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
यस्ता अवसरले विध्यार्थी भाइबहिनीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने मौका पाई भोलिको दिनमा स्थापित चित्रकार बनेर खोटाङको इज्जत र नाम राष्ट्रिय अन्तराष्ट्रिय जगतमा राख्न सक्ने नगरप्रमुख भट्टराईकोे विश्वास छ ।
अन्य विध्यालयहरुमा पनि यसरी प्रत्यक्ष उपस्थित भएर विध्यार्थी भाइबहिनीहरुलाई प्रदर्शनीका वारेमा जानकारी गराउने नगरपालिकाको सोँच रहेको उहाँ बताउनुहुन्छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।