मंसिर १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसको उपयोगलाई प्रवर्द्धन गरेर आर्थिक उपार्जनको सहज माध्यम बनाउने अभियानलाई सशक्त बनाउन राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्ने निर्णयसँगै देशको सम्मानित पाँच व्यक्तित्वहरुलाई स्थानीय घरेलु प्रविधिबाट निर्मित बाँसका कुर्सीहरु उपहार स्वरुप पठाउने भएको छ । नगरपालिकाले राष्ट्रका पाँच सम्मानित व्यक्तित्वहरु राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, प्रधान न्यायाधिस प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिर तथा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई स्थानीय बाँसबाट निर्मित कुर्सी उपहार पठाउने तयारी गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई बताउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी फागुन १५, १६ र १७ गते राष्ट्रिय बाँस सम्मेलन गर्ने पूर्वमन्त्री गणेश साहको नेतृत्वमा बनेको राष्ट्रिय आयोजक समितिको निर्णयलाई मंसिर १३ गते नगर कार्य पालिकाको बैठकमा अनुमोदन गर्नुका साथै नेपालको जुनसुकै भूभागमा पाइने बाँसलाई मानवीय कामकाजका लागि व्यवसायिक रुपमा प्रवद्र्धन गर्ने अभियानलाई सशक्त रुपमा प्रचार प्रसार गर्ने क्रममा स्थानीय बाँसबाट निर्मित कुर्सीलाई उपहार स्वरुप देशका पाँच सम्मानित व्यक्तित्वहरुलाई पठाउने निर्णय समेत भएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ । उहाँका अनुसार सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलाई बाँसबाट निर्मित कुर्सी उपहार पठाइने तयारीमा नगरपालिका लागिरहेको हो ।
सम्मानित व्यक्तित्वहरुलाई सम्बोधन गरी नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको तर्फबाट पत्र लेख्दै कुर्सी उपहार ग्रहणका लागि अनुरोध गर्नुभएको छ ।
मंसिर १७ गते पठाइएको पत्रमा नेपालको जुनसुकै भूभागमा पाइने विभिन्न प्रजातिको बाँस र तिनै बाँसबाट निर्माण हुने बाँस जन्य उपभोग्य सामाग्रीहरु स्वयं आफैले प्रयोग गरेर अभियान शुरु गरिएको खुलासा गरिएको छ । पत्रमा लेखिएको छ–‘हिन्दु, वौद्ध, किराँत लगायत विभिन्न धर्म र सँस्कार मान्ने सम्प्रदायले बाँसलाई पवित्र वनस्पतिका रुपमा मान्दछन् र त्यसबाट बनेका सामाग्रीहरुको प्रयोग गर्दछन् । जन्मदेखि मृत्युपर्यन्त हरेक सम्प्रदायका मानिसहरुका लागि बाँस अपरिहार्य मानिन्छ । तसर्थ हाम्रो नगरपलिकाले बाँसको बहुउपयोग मार्फत स्थानीय हस्तकला र सिपलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउँदै आय आर्जन वृद्धि गरी रोजगारी सिर्जना गर्ने प्रयत्न गरिरहेको छ ।’
पत्रमा राष्ट्रिय तथा स्थानीय स्तरमा उपयोग गरिदै आएको आयातित महँगा सामाग्रीहरु प्रतिस्थापन गरी राष्ट्रिय पूँजि पलायनलाई रोक्दै राष्ट्रिय स्तरबाट नै स्थानीय सामाग्रीहरुको निर्माण र प्रयोगको वातावरण सिर्जना गर्ने मूल उद्धेश्यबाट नगरपालिकाभित्रका स्थानीय जातका बाँस र स्थानीय जनशक्तिले तयार गरेको कलात्मक कुर्सी राष्ट्रका पाँच व्यक्तित्वहरुलाई उपहारस्वरुप हस्तान्तरण गर्ने मंसिर १३ गतेको नगर कार्य पालिकाको बैठकको निर्णय अनुसार बाँसका आकर्षक कुर्सी उपहार पठाउने तयारी भैरहेको उल्लेख गरिएको छ । सम्बद्ध व्यक्तित्वहरुबाट कुर्सी उपहार ग्रहण गरेर नगरपालिकाको स्थानीय बाँस प्रवद्र्धन अभियानलाई थप प्रोत्साहन गरिने कुरामा नगरपालिका विश्वस्त रहेको पत्रमा उल्लेख छ ।
उपहारमा पठाइने कुर्सी निर्माणको काम मंसिर २८ गतेबाट वडा नं. ६ नेर्पामा आरम्भ हुने जनाइएको छ ।
सम्मानित व्यक्तित्वहरुलाई नगरप्रमुख भट्टराईद्धारा प्रेषित पत्रहरु
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।