भदौ २१, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापन गरि पालिकालाई ‘पूर्ण सरसफाईमैत्री पालिका’ निर्माण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकालाई ’सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ’सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावी लक्ष्यका साथ बजार, पार्क, सार्वजनिक स्थल तथा कार्यालयहरुमा डस्टविन राख्न सुरु गरेको हो ।
बुधबार गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा पालिकाको मानेभञ्जयाङदेखि नौलाखर्क सम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहोरमैला हटाई पूर्ण रुपमा सरसफाई गरिनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डष्टविन राख्न शुरु गरिएको छ ।
यस्तै पालिकाले सबै वडा अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कहरुमा फोहोरमैला व्यवस्थापनका लागि डस्टविन राख्ने तयारी समेत गरेको छ । उक्त स्थानहरुमा केही दिनभित्रै डस्टविन राखिने जनाईएको छ । डष्टविनमा संकलन गरिएको फोहोरमैलालाई पालिकाले डम्पिङ साईडमा लगेर व्यवस्थापन गर्नेछ । फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाको समेत व्यवस्थापन भईसकेको र डम्पिङ साईड निर्माणको तयारी भईरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकहरु समेत अग्रसर भएर लागि रहनुभएको जनाइएको छ ।
‘पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ ।’–अध्यक्ष राईले भन्नुभयो– ‘सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ, यसका लागि नागरिकले साथ दिनुपर्छ ।’
हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नु पर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । यसैक्रममा अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले हालसम्म नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले राष्ट्रलाई केन्द्रमा नराखी काम गर्दा अहिले देश आर्थिक सङ्कटमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेतृत्व गर्नेहरुले देशको विकास भन्दा पनि आफ्नो विकास गर्न तर्फ लागे, त्यसैले अहिले देश आर्थिक संकटमा फस्यो । अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिस गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन, आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ । ’
गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रमको आयोजनामा भएको सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरु र सरोकारवाला नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । फोहोरमैला व्यवस्थापनबारे पूर्ण सरसफाई कार्यक्रमका कर्मचारीहरुबाट सडक नाटक समेत प्रस्तुत गरिएपछि सरसफाईको कार्यक्रम सञ्चालन गरिएको थियो ।
फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै लगिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिनुभयो । सरसफाईमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । \
विगतमा गैरसरकारी संस्था मार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत एक वर्षदेखि भने गाउँपालिका आफैले नेतृत्व गरेर सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत एक जना अधिकृतस्तरको संयोजक पालिकामा र पाँच जना सहायकस्तर चौथो तहका कर्मचारीहरु प्रत्येक वडाहरुमा कार्यरत छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !