जेठ ३१, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं.९ सल्लेमा स्थानीयहरुले गाँउमै सिमेन्ट र्ईन्टरलक ब्लक सामाग्री निर्माणको तालिम सिकेकाछन् । हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको श्रोतबाट हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेमा स्थानीय युवाहरुलाई सिमेन्ट र्ईन्टरलक ब्लक सामाग्री निर्माणको तालिम सिकाइएको वडाध्यक्ष काशीराज रार्ईले जानकारी दिनु भयो ।
बेरोजगार जनशक्तिलार्ई गाँउमा नै रोजगारीको वातावरण सिर्जना गर्ने, गाउँमा निर्माण गरिने स साना भवनहरुका लागि गाउँमै निर्माण सामाग्री तयार गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको अध्यक्ष रार्ईले जानकारी दिनुभयो ।
तालिममा सहभागी हुनको लागि प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत सुचिकृति हुनुपर्ने उहाँले बताउनुभयो ।
गत बैशाख तेश्रो साताबाट शुरु भएको सिमेन्ट इन्टरलक ब्लक निर्माण तालिममा ६ जना पुरुषहरुको सहभागिता रहेको जनाइएको छ । सिमेन्ट, बालुवा, गिट्ठी, र तालिमको व्यवस्थापन नगरपालिकाले गरिरहेको वडाध्यक्ष राई भन्नुहुन्छ । सामाग्री तयार गर्नका लागि औजार र मेशिन समेत नगरपालिकाले जुटाएको हो ।
बिहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजे सम्म सञ्चालन गरिएको तालिममा सहभागी हुनेहरुले हरेक दिन सुख्खा ज्याला रु. ६१६ प्राप्त गर्ने वडाध्यक्ष राई बताउनुहुन्छ । सिक्ने क्रममा तयार भएका सिमेन्ट व्लकहरुको दिगोपना हेरेर यसलाई व्यवसायिक रुपमा लैजान सकिने राई बताउनुहुन्छ ।
यस्तो तालिम नगरपालिकाले वडा नं. १ बाहुनीडाँडाको जयरामघाटमा समेत सञ्चालन गरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !