जेठ १४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलबजारमा सञ्चालन भएको फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारस्थित हिमालयन आर्ईटि इन्स्टिच्युटको आयोजना र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङको सहयोगमा जेष्ठ ५ गतेदेखि शुरु भएको फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम आज (जेष्ठ १४) सम्पन्न भएको हो ।
जिल्लामा रहेका मिडियाकर्मी र मिडिया ब्यवसायीहरु तथा यो क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि प्रविधिको विकाससँगै समयानुकूल दक्ष र आत्मनिर्भर बनाउने सोँचबाट फोटोग्राफी तथा भिडियोग्राफीको १० दिनसम्म प्रशिक्षण तालिम सञ्चालन गरी जेष्ठ १४ गते घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल खोटाङका नि.प्रमुख सन्तोष भट्टरार्ईको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा तालिमको समापन गरिएको हिमालयन आर्ईटि इन्स्टिच्युटका अध्यक्ष अजय बस्नेतले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।
फोटो तथा भिडियोग्राफीसम्बन्धी तालिममा जिल्लाका क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी ५० जना सहभागी रहनु भएको इन्स्टिच्युटका अध्यक्ष बस्नेतले बताउनुभयो ।
गत जेष्ठ ५ गते शनिवार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र एभरेष्ट फिल्मएकेडेमीका अध्यक्ष एवं सिनेक्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाले पानसमा बत्ति बालेर संयुक्त रुपमा तालिमको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार थापाले तालिममा सहभागीहरूमध्ये उत्कृष्ट एकजनालाई एकेडेमीमा निःशुल्क एड्भान्स तालिम उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
१०दिने तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टरार्ईले पहिलो पटक जिल्लामा हिमालयन आर्ईटि इन्स्टिच्युटले फोटोग्राफी कलामा सहभागीहरुलाई तालिम दिएर मिडियाकर्मी तथा यो क्षेत्रका व्यवसायीहरुलाई थप सिप र क्षमता बढाउने अवसरका रुपमा तालिमको व्यवस्थापन गरेर स्वरोजगारको पाटोमा समेत योगदान दिएको भन्दै सबैलार्ई सिकेको कुराहरु कुनै न कुनै किसिमले आफ्नो जीवनमा लागू गर्न आग्रह गर्नुभयोे ।
तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डंगोलले गर्नु भएको थियो ।
समापन कार्यक्रममा घरेलु तथा साना उध्योग कार्यालय दिक्तेल, खोटाङका तर्फबाट नि.प्रमुख सन्तोष भट्टराईले प्रशिक्षकद्धय सिटौला र डंगोललार्ई प्रशंसापत्र प्रदान गर्नुभयो भने हिमालयन आर्ईटि इन्स्टिच्युटका तर्फबाट उहाँहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलार्ई प्रमुख अतिथि भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अन्य अतिथिहरु वडा नंः १ दिक्तेलका वडाध्यक्ष नबराज रार्ई, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईका साथै जिल्लाका कृयाशिल सञ्चारकर्मीहरु तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमको सहजिकरण सगुन ताम्राकारले गर्नु भएको थियो ।
[ यो पनि-दिक्तेलमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम सञ्चालन हुँदै }
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान