भदौ १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ को अवसर पारेर प्रत्येक बर्षझैँ यसबर्ष पनि तीज विषेश साँस्कृितक कार्यक्रमको आयोजना गरिने भएको छ । रावावेसी गाउँपालिका–१ कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान रार्ईका अनुसार आगामी भाद्र २१ गते शुक्रवार वडा नं. १ कुभिण्डेका आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत संगिनी नाँच प्रदर्शनी, सामुहिक नृत्य तथा बक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने भएको हो ।
वडाध्यक्ष राई भन्नुहुन्छ—‘साँस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन, सामाजिक सद्भाव जगाउने, सिर्जनशिल एवं प्रगतिशील कामको लागि एकताबद्ध हुने अवसरका रूपमा तीज बिशेष कार्यक्रमको आयोजना गरिनेछ ।’
संगिनी नाचका लागि वडा नं. ७ कुभिन्डे भित्रका आमा दिदी बहिनीहरुको कम्तिमा सात जनाको समूह हुनु पर्नेछ । यस्तै नृत्य प्रतियोगिता तर्फ रावावेशी गाउँपालिकाभित्रका कम्तिमा ६ जनाको समूह हुनुपर्ने, गीत देशभक्ति तथा राष्ट्रियता झल्कने हुनुपर्ने, गीत तथा नाच अनुसारको भेषभुषा अनिवार्य हुनु पर्ने वडा कार्यलयले जनाएको छ ।
वक्तृत्वकला प्रतियोगितामा ‘‘महिला हिंसा र यसको न्युनिकरण” भन्ने शिर्षकमा रावाबेसी गाउँपालिका भित्रका माध्यामिक तह सम्मका विध्यार्थीहरुले सहभागी हुन पाउने जनाईएको छ । जसमा अन्तर माध्यामिक विध्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा प्रत्येक विध्यालयबाट एक छात्र÷एक छात्रा गरी जम्मा २ जना मात्र सहभागी हुन पाउनेछन् ।
पुरस्कारहरुमा संगिनी नाँच प्रतियोगीतामा सबै समुहहरुलार्ई उचित प्रोत्साहन गरिने भनिएकोछ ।
यस्तै सामुहिक नृत्यमा प्रथम, द्धितिय, तृतीय र सान्त्वोना हुनेहरुलार्ई क्रमश रु १० हजार, रु ८ हजार, रु ६ हजार र रु.४ हजारको व्यवस्था गरिएको छ ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेहरुलार्ई क्रमश रु २ हजार, रु १५ सय, रु १ हजार र रु ५ सय प्रदान गरिने भएको छ । विध्यार्थीहरु पठाउदा विध्यालयको सिफारीसका साथ पठाउनु पर्ने वडा कार्यलयले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुनेहरुले भदौ २१ गते बिहान १० बजे भित्र टिम दर्ता गरी सक्नुपर्ने आयोजक वडाले जनाएको छ ।
यो पर्वमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरैमा गई लिएर आउने वा निमन्त्रण गरी मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको कारण वडाको तर्फबाट सम्पूर्ण आमा दिदीबहिनीहरुलार्ई शुभकामना दिदै एकापसमा सद्भाव र सहिष्णुता बाँड्न र सकारात्मक शन्देस एवं स्वास्थ्य मनोरञ्जन दिलाउनका लागि यो कार्यक्रमको आयोजना गरिने वडासचिव तेजकुमार राउत बताउनु हुन्छ ।
तीज बिषेश कार्यक्रममा सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक एवंं सम्पूर्ण स्थानीय दाजुभाई, आमा दिदी बहिनीहरुलाई उपस्थितिको लागि वडा कार्यलयले अनुरोध समेत गरेको बताईन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !