असार १८, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले केहीदिनदेखि सञ्चालनमा ल्याइएको एम्वुलेन्स सेवाको सम्बन्धमा थप स्पष्ट पारेको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको एम्वुलेन्स सेवाका सम्बन्धमा केहीदिन यता सामाजिक सञ्जालमार्फत असन्तोषपूर्ण अभिव्यक्ति आएको तर्फ संकेत गर्दै यस विषयमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेकोे हो ।
नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष कमल गिरीद्धारा सोमवार हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले शुरुवाती दिनदेखि नै स्वास्थ्य सेवा प्रति सचेत भै कार्य गर्दै आइरहेको स्पष्ट पार्दै हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रव्यापि बनाएको पहिचान, नगरवासीबाट प्राप्त स्नेह, सद्भाव, सहयोगलाई धमिलो पार्ने कुचेष्टाका साथ अनर्गल प्रचार भैरहेकोले सत्य तथ्य नबुझी नगरपालिकाको प्रतिष्ठामा आँच पुर्याउने गरी सामाजिक सञ्जालमा गरिएका यस्ता पोष्टहरुप्रति सचेत रहन नगरवासीहरुमा अनुरोध समेत गरिएको छ ।
गत जेष्ठ २७ गतेदेखि हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका-२०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका-२०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरे अनुसार नगरपालिकाले २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिने नगरपालिकाको भनाई छ ।
गर्भवती र सुत्केरीका लागि नजिकैको स्वास्थ्य चौकीमा जान वा स्वास्थ्यकर्मीको रिफरमा उहाँहरुलाई बाहिर अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिका श्रोतले जनाएको छ । अन्यका हकमा भने भाडादर तोकिएको छ ।
गत आषाढ १२ गते वाहुनीडाँडाकी एक महिला विरामीलाई वाहुनी डाँडा हुदै काठमाण्डौँसम्म रु २१ हजार एकसय शुल्क लिई एम्वुलेन्स सेवा उपलव्ध गराइएकोमा स्थानीय एक युवाले आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त नगदी रसिदको फोटोकपी सहित असन्तुष्टि व्यक्त गर्दै पोस्ट गरेका थिए । यस सम्बन्धमा स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ –‘‘सामाजिक सञ्जालमा भएको नगदी रसिद बारेमा फैलिएको अफवाहको वास्तविकता नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको मिति २०८० जेष्ठ २६ गतेको निर्णय बमोजिम नगर अस्पतालदेखि काठमाण्डौँसम्मको सेवा शुल्क रु १६ हजार लाग्नेछ ।, नगरपालिकाको एम्वुलेन्स सेवा सञ्चालन तथा व्यस्थापन कार्यविधि-२०८० को दफा ८ विविध (६) अनुसार स्वास्थ्यकर्मी सहित जिल्ला बाहिरको अस्पतालमा विरामी लानु परेमा निर्धारण गरिएको एम्वुलेन्स सेवा शुल्कमा थप १० प्रतिशत शुल्क लाग्नेछ, जस अनुसार रु १६ हजार एम्वुलेन्स सेवा शुल्कमा १० प्रतिशतले हुने थप रु .१ हजार ६ सय र नगर अस्पतालदेखि वाहुनीडाँडा वडा कार्यालयभन्दा भित्री अन्य क्षेत्र सम्मको आवत जावतको सेवा शुल्क रु ६ हजार लाग्ने भए तापनि एम्वुलेन्स वाहुनीडाँडाबाट सिमलचौर हुदै सिधै काठमाण्डौँ गएको हुदा रु ६ हजार बाट रु.२ हजार ५ सय घटाइ हुन आउने रकम ३ हजार ५सय समेत जम्मा एकमुस्ट रकम रु २१ हजार रसिद नं. ८५१ कटाई लिइएको हो ।’’ तर गर्भवति र सुत्केरी महिलाका लागि भने निशुल्क व्यवस्था भएको नगरपालिकाले जनाएको छ ।
विज्ञप्तिमा नगरपालिकाले गरेका काम कारवाही वा अन्य विषयमा कुनै शंका लागेमा वा जानकारी चाहिएमा जिम्मेवार व्यक्तिसँग बुझ्न अनुरोध पनि गरिएको छ । तथ्यपरक प्रमाण सहित यथार्थपरक आलोचनाले मात्र समाज रुपान्तरण, सुशासन प्रवर्द्धन र दायित्ववोधमा टेवा पुग्ने कुरामा नगरपालिकाले जोड दिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !