बैशाख २४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय प्रवर्द्धन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा संघका अध्यक्ष राजन प्रसाद आचार्यको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा सोमवार खोटाङ उद्योग वाणिज्य संघको सभाहलमा कृषि उध्यम तथा व्यवसाय प्रवर्द्धन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको सघंका सहसचिव लेखबहादुर खड्का (बिनोद)ले जानकारी गराउनु भयो ।
कृषि उध्यम तथा व्यवसाय प्रवर्द्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सहकार्य गरेर खोटाङ उद्योग वाणिज्य संघले सर्वप्रथम नगरपालिका भित्र रहेका १५ वटै वडामा कृषि तथा पशुपालन उत्पादन, व्यवसायीकरण एवं वजारीकरणको पहिचान गर्ने विषयमा केन्द्रित भएर अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । । अभिमूखिकरण कार्यक्रममा आयोजकका तर्फबाट प्रस्तुत कार्यपत्र अनुसार कृषि उध्यम तथा व्यवसाय प्रवर्द्धनका लागि सबै वडामा भैरहेको कृषि उपज तथा पशुपालनको अवस्था पहिचान गरिनेछ । कृषि उपज तथा पशुपालनको सम्भावना, अवसर र चुनौतिहरुको खोजि गरिनेछ र नगरपालिकामा कृषि उपज तथा पशुपालनको व्यवसायीकरण एवं अवस्था, सम्भावना, लगानीको अवसर र चुनौतिहरुको पहिचान गर्ने भनिएको छ ।
यस कामका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु १० लाख वजेट उध्योग वाणिज्य संघलाई उपलव्ध गराएकोछ । संघको तर्फबाट रु २ लाख वजेट थपेर कृषि तथा पशुपालन, उत्पादन व्यवसायिकरण एवं वजारीकरणको अवस्था पहिचानको काम सम्पन्न गरिने संघका अध्यक्ष राजन प्रसाद आर्चायले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ–‘यो कार्यबाट नगरपालिका भित्रका १५ वटै वडाको कषि क्षेत्रको वास्तविक तस्विर खिचिनेछ र वास्तविक कृषकहरुको समेत पहिचान हुनेछ ।’
हाल भैरहेको अव्यवस्थित कृषि आँकडालाई थप व्यवस्थित गर्ने स्थानीय वजारको अध्ययन, अवलोकन र अनुगमन गर्ने, कृषकहरुको चुनौति र समस्यालाई शुक्ष्म ढंगबाट पहिचान गर्ने, स्थानीय कृषि उपजको निर्यातको अवस्था र बाहिरबाट आयात हुने कृषि उपजहरुको अवस्थालाई पनि अध्ययन गरिने बताईन्छ ।
नगरपालिकाभित्र रहेका समग्र घरधूरिमध्ये २० प्रतिशत घरधूरिलाई नमूनाका रुपमा छनौट गरी अध्ययन अनुसन्धान गरिने अध्यक्ष आचार्यको भनाई छ । उहाँका अनुसार मोडलका रुपमा छानिएका घरधूरिमा पुगेर जग्गाको परिमाण, उत्पादनको अवस्था, विक्री विनिमयको अवस्था, बाँझो जमिनको अवस्था र कारण, पशु पन्छिको अवस्था लगायत विविध विषयमा प्रश्नावलिका आधारमा टिपोट लिइनेछ । यसरी प्राप्त सूचनाको तथ्यांकका आधारमा लक्षित समूहको पहिचान गरी उनीहरुवीच समूह छलफल मार्फत गुणात्मक प्रकृतिको सूचना संकलन गरिने जनाइएको छ ।
अध्यक्ष आचार्यका अनुसार यस कामका लागि फिल्डमा खट्न वाणिज्य संघले नौ जना गणक नियुक्ति गरिसकेको छ । ती गणकहरु कृषकको घरआँगनमा पुगेर ५३ वटा प्रश्नावली बिधिमार्फत महिना दिनभित्र विवरण संकलन गर्नेछ । उनीहरु हप्ता दिनमा फिल्डमा पुग्ने तयारी भैरहेको संघले जनाएको छ ।
यसरी गरिएको अध्ययन नुसन्धानबाट प्राप्त तथ्यांक, निष्कर्ष र सुझावबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उध्योग वाणिज्य संघ तथा सरोकारवाला निकायहरुलाई कृषि तथा पशुपालन सम्बन्धि भावीयोजना निर्माणमा सहयोग पुग्ने नगरपालिका कृषि अधिकृत तेजप्रकाश जैशी बताउनुहुन्छ ।
कार्यक्रममा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचर्य, सचिव लेख बहादुर खड्का (बिनोद), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, नगरपालिका भित्रका वडाध्यक्षहरु, नागरपालिकाका योजना अधिकृत नारायण खवास, कृृषि अधिकृत तेजप्रकास जैशी, कृषि ज्ञान केन्द्रका नि.प्रमुख हरिनारायण राई लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !