भदौ ०३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजामूलक बनाउन सहयोग पुर्याउने उद्देश्यकासाथ शुरु गरेको विद्यालय अनुगमनको क्रममा भाद्र २ गते आईतबार वडा नम्बर ३ मा रहेको सिद्वेश्वरी माध्यमिक विद्यालयमा छड्के अनुगमन गरिएको छ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राई सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई सहितको टोलीले विद्यालयको छड्के अनुगमन गरि विद्यालयले पठनपाठन, भौतिक अवस्था, सरसफाई र नियमितताबारे सुझाव प्रदान गरेको छ ।
विद्यालयमा प्रभावकारी पठनपाठन हुने नगरेको, शिक्षक तथा विद्यार्थी समयमा विद्यालयमा उपस्थित भई पठनपाठन गर्ने गराउने नगरेको, शिक्षक तथा विद्यार्थीहरु राजनैतिक गतिविधिमा लाग्ने गरेको, पूर्ण सरसफाईलाई ध्यान नदिएको, अव्यवस्थित भौतिक संरचना कायम राखेको लगायतका विविध विषयमा गुनासो आउने गरेको र गुणस्तरहीन नतिजाका कारण नियमित रुपमा विद्यालयको अनुगमन गरि यथार्थ बुझ्ने प्रयास स्वरुप सामुदायिक विद्यालयहरुको अनुगमनलाई निरन्तर दिईएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
‘गुणस्तरीय शिक्षा प्रदान गरि अपेक्षामूलक नतिजा ल्याउनका लागि सुक्ष्म ढंगबाट कमी कमजोरि पत्ता लगाउने उदेश्यका साथ अनुगमनको कार्यलाई नियमितता दिईएको हो ।’–अध्यक्ष राईले भन्नुभयो–‘सामुदायिक विद्यालयहरुको नतिजामा सुधार ल्याई परिणाममुखी शिक्षाको खोजीमा छौं, यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला व्यक्ति सबैले साथ दिनुपर्छ ।’
यसैबीच, अध्यक्ष राईले सो विद्यालयमा अध्ययनरत विद्यार्थी वालवालिकाहरुसँग अन्तक्रिया समेत गर्नुभएको छ । नियमित पठनपाठन, विषयवस्तु अनुसारको ज्ञान, समयको पालना, विद्यालय तथा कक्षाकोठा सरसफाईको अवस्था, व्यक्तिगत आचारण र बानि व्यहोरा, जीवनको महत्व, समयको महत्व, विज्ञानले बनाएको समय, नैतिक र व्यवहारिक ज्ञान लगायतका बारेमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको हो । सिद्धेश्वरी माविका शिक्षकहरुलाई पालिकाबाट यसरी अकस्मात छड्के अनुगमन गरिएको नौलो अनुभव भएको बताइन्छ । यसले हरबखत शिक्षकहरुलाई आफ्नो जिम्मेवारीमा सजग रहन सचेत गराएको सम्बद्ध श्रोतले जनाएको छ ।
विद्यालयको भौतिक, शैक्षिक, अनुशासन, प्रशासनिक, सरसफाई र विद्यार्थी उपस्थितिसम्मको समग्र विषयको सुधारका लागि अनुगमन कार्यलाई निरन्तरता दिइने गाउँ शिक्षा समितिले जनाएको छ । विद्यालयमा शिक्षक शिक्षिका नियमित उपस्थित छन् छैनन, भए पनि पठनपाठन नियमित गरेका छन् कि त्यत्तिकै बसेका छन् अनुगमनमा हेर्ने गरिएको छ । विद्यालयमा प्रधानाध्यापकले जिम्मेबारी अनुसार प्रशासन चलाएका छन् या छैनन्, शिक्षकहरुले विषयगतभन्दा बाहिर गएर पढाएका छन् कि, विद्यार्थीको उपस्थिति कस्तो छ, सरसफाईको अवस्था के छ आदि इत्यादि विषयहरु अनुगमनका सूचक बनाइएको अध्यक्ष राईले बताउनुभयो । विषयवस्तु अनुसार पठनपाठन गराए नगराएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठिक छ छैन भन्ने कुरा पनि अनुगमन गर्ने गरिएको छ ।
त्यस्तै, शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न, कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थिका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षिक समाग्रिको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्ने लगायतका सुझाव अनुगमन पश्चात विद्यालयलाई दिईएको शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
[यो पनि-साकेला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन नावालक विद्यार्थीलाई राजनैतिक गतिविधिमा संलग्न गराउन रोक ]
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।