माघ २०, २०८० , Khotang
जनप्रतिनिधिहरुले जनताको गुनासा, सुझाव र सल्लाह सुन्न यस्ता कार्यक्रम राखिनु अपरिहार्य रहेको-नगरप्रमुख भट्टराई
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा २०८०/०८१ का अर्धवार्षिक कार्यक्रम र वर्तमान सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
दिक्तेलवजारस्थित हेलिप्याडमा मध्यान्ह १२ वजेदेखि शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले २०७९/८० को वार्षिक कार्यक्रम तथा २०८०/८१ को अर्धवार्षिक कार्यक्रमका विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै नगरप्रमुख तीर्थराज भट्टराईले कार्यक्रम तथा सेवा प्रवाहका वारेमा स्पष्ट पार्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार २०७९/८० को वार्षिक वजेटमा संघीय समानिकरण अनुदान १५ करोड ९ लाख ६० हजार प्राप्त भएको छ । त्यसैगरी संघीय सशर्त अनुदान चालू अन्तर्गत रु ४५ करोड ७५ लाख ९५ हजार, संघीय सशर्त अनुदान पूँजिगत तर्फ रु ६ करोड ८८ लाख, संघीय विशेष अनुदान पूँजिगत तर्फ रु १ करोड ८५ लाख र संघीय समपूरक पूजिगत तर्फ रु ४० लाख नगरपालिकालाई प्राप्त भएको जनाइएको छ ।
यसैगरी आव २०७९/८०मा प्रदेश सरकारबाट समानिकरण अनुदान ७८ लाख २९ हजार ५ सय, प्रदेश सर्शत अनुदान चालू तर्फ ९ लाख ९३ हजार, प्रदेश सशर्त अनुदान पूँजिगत तर्फ रु २ करोड २४ लाख ९३ हजार, प्रदेश समपूरक अनुदान पूजिगत तर्फ १ करोड प्राप्त भएको खुलाइएको छ ।
यस्तै राजस्व वाँडफाड तर्फ संघबाट रु ९ करोड ९३ लाख ६२ हजार ३८९ रुपैया, प्रदेशबाट रु १ करोड ८२ लाख ८५ हजार २३ रुपैया प्राप्त भएको जनाइएको छ । आन्तरिक राजस्व तर्फ रु १ करोड ३ लाख ४८ हजार ९४९ रुपैया रहेको छ भने गत आवदेखिको मौजदात रुकम रु ५ करोड ३० लाख १८ हजार रुपैया रहेको खुलाइएका्े छ ।
खर्च तर्फ आव २०७९ ८० मा चालू तर्फ ५९ करोड ६३ लाख २९ हजार ९०४ रुपौया ५५ पैसा खर्च भएको छ जुन विनियोजन रकमको ८९.२७ प्रतिशत हुनेछ । त्यस्तै पूजिगत तर्फ रु २३ बकरोड ८० लाख ४५ हजार २०५ रुपैया खर्च भएको जनाइएको छ । जुन विनियोजन रकमको ७६.४७ प्रतिशत हुनेछ । यसरी आव २०७९/८० मा चालू तथा पूजिगत तर्फ जम्मा ८३ करोड ४३ लाख ७५ हजार १०९ रुपैया अर्थात ८५.२० प्रतिशत खर्च भएको जनाइएको छ ।
चालू आ.व. २०८०/८१ मा भने कूल विनियोजित वजेटको हाल सम्म ३०.९२ प्रतिशत मात्र खर्च भएको जनाइएको छ । यस आ.व. मा चालू तथा पूजिगत रकम ९८ करोड ६ लाख ५७ हजार रुपैया रहेकोमा हाल सम्म कूल खर्च रु.३० करोड ३२ लाख २७ हजार मात्र भएको आजको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईद्धारा स्पष्ट गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले नगरपालिकासँग सम्बन्धित विभिन्न विषयहरुका वारेमा जिज्ञासाहरु राख्नुभएको थियो । कृषि, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, नयाँ वसपार्क लगायतका विषयहरुमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै सुझाव सल्लाह समेत दिइएको थियो । नगरपालिकाका कर्मचारीहरुलाई आस्थाका आधारमा विभेदको व्यवहार भएको भन्ने गुनासाहरु समेत सहभागी नागरिकहरुका तर्फबाट आएको थियो । अगाडिको स्थानीय सरकारले गरेका कामहरुमा वर्तमान स्थानीय सरकारको ध्यान नपुगेका भन्ने पनि आवाज आएको थियो । त्यस्तै गत अशोजमा गरिएको मुद्धुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीमा भएको खर्च र उपलव्धिका वारेमा पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो ।
कार्यक्रमको अन्तमा नगरप्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीशन राईले नागरिकहरुका तर्फबाट राखिएका जिज्ञासा तथा प्रश्नहरुको आलो पालो जवाफ दिनुभएको थियो । नगरप्रमुख भट्टराईले नगरपालिकामा के भैरहेछ र के गर्नु जरुरी छ भन्ने सम्बन्धमा नागरिकहरुको प्रत्यक्ष सुझाव, सल्लाह र गुनासाहरु सुन्न यस्तो कार्यक्रम राखिनु जरुरी रहेको भन्दै नगरपालिकाको तर्फबाट यो नै पहिलो सार्वजनिक सुनुवाइ भएको हलेसी एफएमलाई बताउनुभयो ।
कार्यक्रमको सहजिकरण पत्रकार भीम राईले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषेत्तम खड्का, सशस्त्र प्रहरीवलका प्रमुख, स्थानीय नगरवासीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय सञ्चार माध्यम तथा सामुदायिक रेडियो हलेसी एफएमबाट यस कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !