चैत्र १७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ सेवा समाज बेलायत (युके) ले आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको बृहत स्वास्थ्य शिविरको आज दोस्रो दिन हो । आज पनि विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीको टोलीले निःशुल्क उपचारलार्ई निरन्तरता दिएका छन् ।
शिविरको पहिलो दिन चैत १६ गते रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकी हरमटारमा पहिलो दिन ३ सय ९ जनाले स्वास्थ्य सेवा लिएका थिए । वडा नम्बर १ कुभिण्डे, वडा नम्बर ४ डुम्रेधारापानी र वडा नम्बर ५ दुवेकोलका १ सय ८५ जना महिला र १ सय २४ जना पुरुषले स्वास्थ्य सेवा लिएका थिए । जसमा दाँत सम्बन्धी सेवा लिने ४१ जना, स्वास्थ्य सम्बन्धी सामान्य सेवा लिने १ सय २७ जना,स्त्रीरोग सम्बन्धी २७ जना, हाडजोर्नी सम्बन्धी ५४ जना र आँखा सम्बन्धी ६० जनाले सेवा लिएका हुन् ।
यस्तै, आज दोस्रो दिन, स्त्रीरोग सम्बन्धी २४ जना, हाडजोर्नी सम्बन्धी पुरुष ६४ जना महिला ९६ जना र बच्चहरु पुरुष १ जना र महिला ३ जना, दात सम्बन्धी सेवा लिने ३१ जना पुरुष र ३१ जना महिला रहेको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो ।
यस्तै, साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा स्वास्थ्य सम्बन्धी सेवा लिने हिजो र आज पुरुषको संख्या ३५३ र महिला हिजो र आज गरि ३०२ जना गरि जम्मा ६५५ जनाले सेवा लिएको साकेला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रिता ढकालले जानकारी दिनु भएको छ ।
उता जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी स्वास्थ्य केन्द्रमा हिजो स्वस्थ्य सेवा लिने महिलाको संख्या ११२ जना र पुरुष ६२ जना गरेर जम्मा १७४ जनाले सेवा लिएका छन् । यस्तै आज १८१ जाना पुरुष र १४७ जना महिला गरि जम्मा ३२८ जनाले सेवा लिएका छन् हिजो र आज निःशुल्क स्वास्थ्य शिविर बाट ५०२ जनाले उपचार गराएका जन्तेढुङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुर्य बहादुर कार्कीले हलेसी एफ एमलार्ई जानकारी दिनु भयो ।
यसैगरी आज चैत्र १७ गते ऐसेलुखर्कमा स्वास्थ्य शिविर शुरु भएको छ । भोलि १८ गते २ दिनसम्म ऐसेलुखर्क स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने चैत्र २० र २१ गते हलेसी बजार स्वास्थ्य चौकी, वराहापोखरी धर्तुङ स्वास्थ्य चौकीमा, दिप्रुङचुइचुम्मास्थित ओख्रे स्थानीय अस्पतालमा र निर्मलीडाडा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिनेछ । चैत्र २२ र २३ गते बुर्ईपा स्वास्थ्य चौकी र केपिलासगढीको बाक्सिला वजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्ने तयारी गरिएको खोटाङ सेवा समाज वेलायतका अध्यक्ष डाक्टर प्रमोद कोयी राईले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरका केही झलकहरु
[ यो पनि-‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ आगामी चैत्र १६ देखि २४ सम्म सञ्चालन हुने }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !