जेठ ०२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका दिक्तेलवजारवासीले नेपाल प्रहरीको स्लोगन ‘‘सत्य, सेवा, सुरक्षणम् ’’ लाई प्रत्यक्षतः अनुभूत गर्न पाएका छन् । गत बैशाख ३१ गते राती १.४० मिनटको समयमा नापी कार्यालय नजिक व्यापार व्यवसाय गर्दै आएका महेश वजिमयको घरवाहिर ग्याँस सिलिण्डर, मोटरवाइक जलिरहेको अवस्थामा गस्तिमा खटिरहेका सुरक्षाकर्मीहरुले तत्कालै आगो नियन्त्रणमा लिई दिक्तेलवजारलाई ठूलो आगलागीको दुर्घटना हुनबाट जोगाएपछि समग्र वजारवासीले पुनः एकचोटी प्रहरी संस्थाबाट ‘‘सत्य, सेवा, सुरक्षणम् ’’ को प्रत्यक्ष अनुभूति गर्न पाएका हुन ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट नियमित झै त्यो दिन पनि वेलुकी १० वजेदेखि २ वजेसम्मका लागि एउटा टोली सुरक्षार्थ वजारमा गस्ति गरिरहेको थियो । प्रहरी हवल्दार प्रकाश तामाङको कमाण्डमा प्रहरी जवान दुर्गाप्रसाद निरौला र लिलाबहादुर थापाले गस्ति गरिरहनु भएको थियो । त्रिवेणीचोकदेखि जिल्ला प्रशासन जाने बाटोमा हिडिरहेको गस्तिले टाढाबाट महेशको पसलबाहिर कपडाको पुल्ठो जल्दै त्यसबाट पार्किङमा राखिएको मोटरवाइक जलिरहेको र ग्यास भरिएको सिलिण्डरमा आगोले भेटन लागेको अवस्थामा देखेपछि तत्काल होहल्ला गरेर आगोलाई नियन्त्रणमा लिन सफल भए । यतिन्जेल २२० सिसिको मोटरवाइकको अधिकांस भाग जलिसकेको र आगोको लप्कोले महेशको घरको वरण्डामा छोइसकेको थियो । यदि ग्यास भरिएको १५ वटा सिलिण्डर आगोबाट विष्फोट भैदिएको भए त्यसबाट वजारलाई नै खरानी बनाउने सम्भावना थियो ।
रातदिन नभनी समाज र समुदायको सुरक्षार्थ खटिने प्रहरीप्रति यो घटनाले थप नागरिकहरुको भावनामा उच्च सम्मान पैदा भएको भन्नुहुन्छ-नेपाली कांग्रेसका नेता तथा भूमि आयोग खोटाङका सदस्य सुमनवावु आचार्य । महेशको घर नजिकै रहनुहुने आचार्यले घटना घटेको विहानै आफ्नो सामाजिक सञ्जालमा आगलागीबाट हुने भयावह दुर्घटनाको कल्पना गर्दै त्यो दुर्घटनाबाट जोगाउने प्रहरीहरुलाई नागरिकले अभिनन्दन गरिनु पर्ने भनी प्रसंसा गर्नुभएको छ ।
एक स्थानीयका अनुसार उक्त घटना अपराधीक मानसिकताबाट नियोजित रुपमा घटाउन खोजिएको हुँदा यसको खोज अनुसन्धान गरिनु पर्ने देखिन्छ । केही महिना अगाडि वजिमयको पसलमा चोर्ने उद्धेश्यले ढोका फोड्ने प्रयास समेत भएको बताइन्छ ।
प्रहरीको पवित्र सुरक्षा सेवाप्रति सम्मानार्थ दिक्तेलवजारस्थित जेष्ठ नागरिक संघले एक कार्यक्रमको आयोजना गर्दै राती महशको घरमा आगो लाग्ने दुर्घटनालाई तत्काल नियन्त्रण गरी आगलागीबाट ठूलोजनधनको क्षति हुनबाट जोगाएको भन्दै सो घटनाका समयमा गस्तिमा रहेका प्रहरी हवल्दार तामाङ, प्रहरी जवानहरु निरौला र थापालाई सोमवार अभिनन्दन गरेको छ । उहाँहरुलाई प्रदेश सांसद पाँचकर्ण राईले जनही रु पाँचहजार र घरधनि वजिमयले जनही रु चारहजार नगद पुरस्कार प्रदान गर्दै यसबाट नागरिकहरुलाई प्रहरी हाम्रो सुरक्षासाथीको अनुभूति भएको बताउनुभएको छ । सोही अवसरमा उहाँहरुलाई प्रदेश सांसद राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले अभिनन्दन गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !