असार ०८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा अध्यक्षमा संस्थापन पक्षबाट कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित रहनुभयो ।
त्यसैगरी संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी अयोध्याप्रसाद यादवले ३३६ मत प्राप्त गरी पराजित हुनुभयो । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दाङका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी हुनुभयो । केसीले ४३८ मत पाएसंगै कोइरालाले ४१८ मत हासिल गरी विजयी बन्नुभयो । खुल्ला उपाध्यक्षमा दुवैले संस्थापनपक्षका ध्रुवचन्द्र गौतम र शंकर लामिछानेलाई पराजित गर्नुभएको थियो ।
एक महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३४३ मत पाउनुभएको थियो । उपाध्यक्ष सेवातर्फ संस्थापन इतरबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी बन्नुभयो । उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापन इतरका राजेश पालिखे विजयी हुनुभयो । महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी बन्नुभयो । संस्थापन इतरबाट निर्वाचित भएका राईले ४६४ मत हासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित हुनुभएको थियो ।
उपमहासचिवतर्फ संस्थापन इतरका जनार्दन भट्टराई र बलदेव तामांग विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगल प्रसाद यादव पराजित बन्नुभयो । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी हुनुभयो । कोषाध्यक्षतर्फ संस्थापन इतरका सञ्जय दाहाल विजयी बन्नुभयो । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी हुनुभयो ।
संस्थापन र इतर समूहबाट प्रतिस्पर्धा भएको निर्वाचनमा अध्यक्ष कुँवर, एक उपमहासचिव र ७ सदस्य मात्रै संस्थापन तर्फबाट निर्वाचित भएका छन् ।
८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।