माघ २१, २०८० , Khotang
तीर्थराज भट्टराई
नगरपालिका स्थापना भएपश्चात सार्वजनिक सुनुवाई गर्ने आँट गरेको थिएन कसैले पनि । न, स्थापनाकालका पदेन मेयर कार्यालय प्रमुखले गर्ने हिम्मत गरे ! न , २०७४ सालमा नागरिकबाट अनुमोदित जनप्रतिनिधिले । न, २०७९ सालमा निर्वाचित भएर आएको मेरो नेतृत्वको नगर टिमले नै गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने दायित्व पुरा गयौँ हामीले ।
हिजो गर्नुपर्ने काम छुट्यो ! म कानुन हातमा लिंदैछु, यो गलत छ भन्ने महशुस भएपछि न हो आफूलाई सुधार्ने । चाहे अत्यधिक मदिरापान गर्ने जँड्याहा होस् या कुलतमा फसेको गंजडी नै किन नहोस्, आफूलाई सुधार्ने प्रयत्न गर्छ भने स्याबास् भन्ने कि दुत्कार्ने उसलाई ? सार्वजनिक सुनुवाईको हकमा मेरो मनमा उठेको प्रश्न हो यो ।
पारदर्शी हुने प्रयत्न
२०८० माघ २० गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ काम शुरूवात गरेको छ भन्दा हाँस्यास्पद नै चै नहोला पक्कै पनि । आफूलाई पारदर्शी गर्न खोजेको मात्रै हो, विलकुलै होइन नयाँ काम र होइन ठूलो बहादुरी पनि । किनकी चौमासिक रूपमा सार्वजनिक सुनुवाई गर्नु निर्वाचित जनप्रतिनिधिको पर्छ कर्तव्य र दायित्व भित्र । कर्तव्य र दायित्व पूरा गर्नुलाई नगरपालिकाको मेरो नेतृत्वले ठूलै पहाड फो-यौँ र महान काम भयो भन्न मिल्दैन पनि र भन्दिनँ पनि । तर म घमण्ड साथ भन्छु-विगतलाई दुत्कार्दै यो नगरपालिकाले आगत स्वर्णिम र उज्ज्वल बनाउने अभ्यास शुरूवात गरेको दिनको रूपमा स्मरण हुनेछ, २०८० माघ २० गते । यध्यपि स्वीकार्नै पर्छ—सुन्ने भन्दा सुनाउने बढि भएको माघ महिनाको घमाइलो र पारिलो यो दिन ।
गम्भीर समिक्षाको खाँचो
नगरपालिकाले आफूलाई पारदर्शी र जवाफदेही बनाउन खोजेको हो, तर नागरिकको भयो न्यून उपस्थिति । यसले गम्भिर नैतिक प्रश्न खडा गरेको छ र प्रश्न उठाइएको पनि छ केही व्यक्तित्वबाट । यो प्रश्न उठ्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो भने पारदर्शिताको अर्को नमूना । प्रश्न किन उठ्यो ? कमजोरी ग-यो कस्ले ? जनप्रतिनिधि, कर्मचारी वा संयोजन गर्ने संस्थाले ? यसको जवाफ खोज्नैपर्छ नगरपालिका परिवारले । गम्भीर समिक्षा गरेर धारणा सार्वजनिक गर्नु पनि अर्को पारदर्शिता हो हाम्रो । ‘ हुनेछ गम्भीर समिक्षा र सार्वजनिक गरिनेछ हाम्रो स्पष्ट धारणा पनि ।
अझै जवाफदेही हुने सुझाव
माघ २० गते स्थानीय हेलिप्याडमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको उपस्थितिलाई लिएर भएको प्रश्नलाई अझै सुखद् र प्रशंसनीय सुझावको रूपमा लिएको छु मैले । किनकी सार्वजनिक सुनुवाई गर्दा अव आइन्दा यति तयारीले पुग्दैन ! व्यवस्थापन अझै गर ! आफूलाई अझै पारदर्शी बनाऊ ! दुईसयको उपस्थितिमा होइन, दुईहजारको उपस्थितिमा पारदर्शी हुनु अझै राम्रो हो भन्नु त नगरपालिका परिवार र मेरो जीवनका लागि त धेरै सुखद् र सम्मान योग्य सुझाव हुन् र नगरपालिकाको लागि ठूलो सम्पत्ति हो त्यो । यध्यपि पव्लिक भन्नु सट्टा पिपूल पनि सर्वथा महत्वपूर्ण अंश हो । हजारको ठाउँमा एकजना जनताले प्रश्न राख्यो भने एकजना व्यक्तिले सोध्नुको के अर्थ भनेर सोच्नु झन घातक हो । तसर्थ पव्लिकको महत्वलाई प्राथमिकता दिइरहदा लोकतन्त्रमा एकजना व्यक्तिको पनि उतिकै महत्व रहन्छ ।
धन्यवादको अपेक्षा तुह्यो
मैले इमान्दारिताका साथ लेख्नु र बोल्नुपर्छ, नागरिकको गोठाले जनप्रतिनिधि भएको नाताले । २०८० माघ २० गतेको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाले स्थापना भएको ९ वर्ष पछि ग-यो यो धेरै प्रशंसनीय छ भन्नु भएन कसैले पनि । कमसेकम अरूले नभने पनि नेकपा एमालेका साथीहरूबाट मैले ठूलो अपेक्षा गरेको थिएँ । नगरपालिकाले यो यो विषयमा अपारदर्शी भयो र जवाफदेही हुन सकेन । भए यी यी कमजोरी । सच्याएर अघि बढ नभए मिसन ८४ तिम्रोलागि सुखद् हुन्न भन्दै प्रश्न उठाउनुभयो । म खुलेरै प्रशंसा गर्छु यो महत्वपूर्ण सुझावको लागि । र, हामी अझै पारदर्शी हुनुपर्छ भन्ने अपेक्षा र सौन्दर्यता नै लोकतन्त्रको गहना हो । यसमा चित्त दुखाउने वा असहमत हुने छैन प्रश्न । तर साथीहरूसँग मेरो एउटै गुनासो रह्यो, पहिलेदेखि अहिलेसम्म नगरेको कामको शुरूवात गरेको , कर्तव्य पूरा नगरेको कामको शुरूवाती भयो, यसप्रति धन्यवाद दिनु भएन मेरो एमालेका साथीहरूसँग रह्यो गुनासो । यो भन्दा अगाडि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नागरिकबाट अनुमोदित हुनुपर्थ्या,े हुनसक्नु भएन । कानून हातमा लिएको जस्तो देखियो, यो गलत थियो भनिदिनु भएन । कमसेकम भोलिदेखि हामी पनि सिक्छौं र हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिले पनि अब सिक भनिदिनु भएन । थोरै नागरिक भए पनि विगतमा हामीले गर्न नसकेको औपचारिक सार्वजनिक सुनुवाई हामी भोलिका दिनमा यो राम्रो अभ्सास यिनीहरुबाट सिक्छौं भनिदिनु भएन, यही हो मेरो पहिलो गुनासो । कमसेकम सातादिनदेखि सूचना प्रवाह गरेर स्थानीय हेलिप्याडमा सार्वजनिक सुनुवाई राख्यौ, राम्रो शुरूवात गर्न खोज्यौ, भनिदिँदा हुन्थ्यो भन्ने अपेक्षा थियो मेरो प्रतिक्रिया राख्ने जिम्मेवार एमालेका नेता साथीहरूबाट । यति अपेक्षा मात्रै तुहेको हो मेरो । अरू यहाँहरूले दिनुभएको सुझावको उच्च कदर गर्दै हृदयदेखि नै गर्छु सम्मान ।
र, अन्तमा सबैसबैलाई धन्यवाद
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले २०८० माघ २० गते आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका विषयमा केही स्थापित पत्रकार साथीहरूको रातो अक्षरमा स्टाटस लेखेको प्रतिक्रियाले पत्रकारितामा कतै विचलन आएको त होइन वा परिष्कृत पत्रकारिता हो प्रश्न उब्जिएको छ मेरो मनमा । राम्रा नराम्रा विषय वस्तुको अध्ययन, खोज, विश्लेषण गरेर लेखिने समाचार र आलोचनात्मक टिप्पणी मनन योग्य र सम्मानित पत्रकारिता हुन्छ तर.....!!! छैन मसँग राज्यको चौथो अंग सम्मानित पत्रकारज्यूको फेसबुकमा लेखिने स्टाटसको बारेमा लेखिने शब्दहरू । .... तर पनि म सम्मान गर्छु, हामी सवैले बुझ्न नसकेको पत्रकारिताको संवेदनशीलता र मर्यादालाई । र, नागरिकलाई सुसूचित गराउदै पत्रकारिताको शीर र महत्वलाई सधैं उचो राख्न लामो समयदेखि सकृय सबै आदरणीय पत्रकार बन्धुहरूलाई ।
हाम्रो सार्वजनिक सुनुवाइ कार्यक्रमलाई विभिन्न प्रविधि मार्फत प्रत्यक्ष ढंगले आम नगरवासी तथा देशविदेशसम्म हाम्रो आवाज पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तथा कृयाप्रतिक्रिया दिनुहुने तमाम पत्रकार मित्रहरूप्रति हृदयदेखि नै दिनचाहन्छु मुरीमुरी धन्यवाद । त्यसैगरी हामीलाई प्रोत्साहित गर्दै चिसो मौसममा पनि कार्यक्रमको अतिथि दीर्घामा दिनभरी बसेर कार्यक्रमको शोभा बढाउनु हुने तथा सत्मार्ग र सत्कर्मको मार्गमा हिंडाउँदै नगर समृद्धिको सपना बोकेर हामीलाई पारदर्शी बन्न प्रश्न गर्नुहुने तपाई तमाम नागरिकलाई हार्दिक सम्मान गर्न चाहन्छु । मेरो जीवनको पहिलो अनुभवमा नागरिकको कठघरामा उभिएर नागरिकबाट अनुमोदित हुँदाआफु सन्तुष्ट रहेको अनुभूति गरेकोछु । जो जति आएर गहन र सान्दर्भिक प्रश्न, जिज्ञासा, गुनासो र सुझाव- सल्लाह दिनुभयो, उहाँहरु प्रति हार्दिक नमन ! तपाईहरुद्धारा प्राप्त सुझाव-सल्लाह नगरपालिकाको लागि ठूलो सम्पति हुनेछ र यहाँहरुले औँल्याउनु भएको कमि कमजोरीलाई यथासम्भव सुधार्ने प्रयत्न हुनेछ , यही कवूलका साथ विदा चाहन्छु ! ! हार्दिक धन्यवाद सबैसबैमा ! ! !
यस रचनाका सर्जक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !