चैत्र १३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल नेत्र ज्योति संघ खोटाङले ४६ औँ वार्षिकोत्सव मनाएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूलनाराका साथ शुभकामना आदान प्रदानसँगै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरेर मंगलवार नेपाल नेत्र ज्योति संघ खोटाङको वार्षिकोत्सव मनाइएको हो ।
दिवसको अवसरमा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपप्रमुख विशन राई, दिक्तेल रुपाकोट मझुवागढी, नगरपालिका वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
शुभकामना मन्तव्य दिदै नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालबाट आँंखा उपचारको क्रममा आगामी दिनहरुमा समयानुकूल थप आधुनिक उपकरण र प्रविधियुक्त दक्ष जनशक्तिहरुद्धारा गुणस्तरीय सेवा प्रदान गर्दै लैजानुपर्ने कुरामा सबैले जोड दिनुभएकोे थियो । आँखा मानव शरीरको महत्वपूर्ण अंंग रहेको हुँदा यसको सुरक्षा र कुनै समस्या आएमा तत्काल उपचारका लागि ध्यान दिनुपर्ने कुरामा सबैको जोड थियो ।
शुभकामना आदानप्रदान पछि नेत्र ज्योति संघका पदाधिकारी, आजीवन सदस्य तथा दिवस मनाउन आउनु भएका अतिथिहरुको आँखा जाँच गर्दै आवश्यकता अनुसारको चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो । दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्ने क्रममा आँखामा समस्या निम्तिरहेका दुई जना पत्रकारहरुका साथ अन्य व्यक्ति समेत जम्मा ३२ जनालार्ई चस्मा वितरण गरिएको सभापति कसजुले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, जिल्ला अस्पताल खोटाङका प्रमुख रुपेश संग्रौला, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका उप प्रमुख वीसन रार्ई, वडा नम्बर १ का वडा अध्यक्ष नवराज रार्ई, वरिष्ठ पत्रकार कृष्ण अचार्य, जेष्ठ नागरिक सघं खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरे लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संघका सभापति इन्द्र कसजुको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर रार्ईको प्रमख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण संघकी सचिव रेखा राईले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !