मंसिर २५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शहिद दिवसको अवसरमा नगरपालिका भित्रका विद्यालयमा अध्ययनरतः वालवालिकाको सांगीतिक प्रतिभाको पहिचान र विकासको लागि गायन विधामा प्रतिष्पर्धा गराउने भएको छ । नगरपालिका भित्रका विध्यालयमा अध्ययनरतः वालिवालिकाको सांगीतिक प्रतिभा विकासका लागि आगामी माघ १६ गते शहिद दिवसको अवसरमा नगरपालिकाले बालअधिकार एवं राष्ट्रप्रेम सम्बन्धि गायन विधामा संगितमा रुचि भएका वालवालिकाहरुका लागि गायन प्रतिष्पर्धा गर्ने भएको हो ।
बाल्य जीवनदेखि नै वाल अधिकार तथा देशभक्तिप्रति चासो, जिज्ञासा र चेतना जगाउन संगीत र कलाले ठूलो सहयोग गर्ने भएकोले संगीतमा रुचि भएका बाल वालिकाहरुका लागि यो कार्यक्रमको योजना बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईले हलेसी एफ एमलाइ बताउनु भयो । ‘गीत, संगित, चित्रकला, साहित्य तथा सभ्यता सँस्कृतिको विकास, संरक्षण, प्रवद्र्धनमा मानिसको प्रारम्भिक जीवनबाट नै जागरुक गराउनु पर्छ भन्ने मान्यताले वालवालिकाको प्रतिभा विकासमा टेवा पुगोस भनेर वाल अधिकार तथा देशप्रेमको शिर्षकमा उनीहरुलाई गाउन प्रेरित गरिएको नगरप्रमुख भट्टराईको कथन छ ।
गायन प्रतिष्पर्धालाई व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न नगरपालिकाले निश्चित नियमहरु अवलम्वन गरिनुपर्ने जनाएको छ । प्रतियोगितामा प्रस्तुत गरिने गीत, संगित कतै रेकर्ड नगरिएको वा प्रतिष्पर्धामा सामेल नगरिएको हुनपर्ने, गीत बालअधिकार वा देशप्रेम झल्किने हुनुपर्ने अन्यथा प्रतियोगितामा सहभागी नगराइने नगरपालिकाले निकालेको सूचनामार्फत जानकारी गराएको छ ।
नगरपालिका भित्र सञ्चालनमा रहेको कक्षा १ देखि १२ सम्मका विद्यार्थी समूहहरु गायनमा सहभागी हुन पाउने भएका छन् । सहभागी हुने विद्यार्थीले विद्यालयको आधाकारिक पत्र लिएर आउनु पर्ने नगरपालिकाले जनाएको छ । आवत जावत तथा गाँस र बासको व्यवस्था विद्यालय स्वयंले गर्नुपर्ने आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
गायन प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयले १५ दिन अगावै नाम दर्ता गराइसक्नुपर्ने भनिएको छ । वाध्यवादन मा सहयोग गर्ने समूहले आयोजकलाई एकदिन अगाडि सम्पर्क गरिसक्नुपर्ने जनाउ दिइएको छ ।
गायन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय घोषित हुने प्रतिभाहरुलाई क्रमश रु २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार तथा प्रमाण पत्र दिइने जनाइएको छ । यस्तै सान्त्वना प्रथम हुनेका लागि पाँच हजार, सान्त्वना द्धितिय हुनेका लागि रु. तिन हजार र सान्त्वना तृतीय हुनेका लागि रु. दुई हजार रकम का साथ प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
पुरस्कार रकममा करकट्टी गरिने भनिएको छ । उत्कृष्ट रचना तथा संगीत गर्नेलाई जनही रु. ५ हजारका दरले पुरस्कार तथा प्रमाण पत्र दिइने नगरपालिकाले जनाएको छ ।
गायन प्रतिष्पर्धाको कार्यक्रम माघ १६ गते विहान १० वजेबाट नै सदरमुकाम दिक्तेलवजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगनमा गरिने जनाइएको छ ।
सहभागीहरुले आफ्नो नाम तथा विवरण नगरपालिकाको मेल [email protected]/[email protected] मार्फत दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ ।
थप जानकारीका लागि
सम्पर्क नम्वरहरु-मो.नं.९८६११६३६०० / ९८४९०३३३६१ / ९८६२८१८९४३
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।