पौष ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको सम्बन्धमा प्रचार अभियानलाई तिव्र बनाउदै काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । आगामी फागुण १५, १६ र १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना हुन लागिरहेको प्रथम राष्ट्रिय बाँस सम्मेलनका सम्बन्धमा औपचारिक जानकारी गराउँदै नगरपालिका लगायत मूल आयोजक समिति, प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र ग्रिन वेम्वो क्रियशन प्रालिको संयुक्त आयोजनामा पौष ७ गते आइतवार पत्रकार सम्मेलनको आयोजना गरिएकोे हो ।
राष्ट्रिय बाँस सम्मेलन मूल आयोजक समितिका अध्यक्ष तथा पूर्व मन्त्री गणेश साहको अध्यक्षतामा काठमाण्डौ बबरमहलस्थित बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा राखिएको पत्रकार सम्मेलमा मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले फागुण १५, १६ र १७ गते आयोजना गरिने प्रथम राष्ट्रिय बाँस सम्मेलनको लक्ष्य, उद्धेश्य र कार्ययोजनाका बारेमा औपचारिक जानकारी गराउने ध्येयले पत्रकार सम्मेलन राखिएको खुलासा गर्नुभएको थियो ।
यस्तै बाँस सम्मेलनको उद्धेश्य बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्दै बाँसको व्यवसायलाई प्रवर्द्धन गर्नु रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा आयोजकहरुको तर्फबाट राष्ट्रिय बाँस सम्मेलन -२०८१ का सम्बन्धमा उद्धेश्य, गतिविधि तथा आगामी कार्यक्रमहरुको सम्बन्धमा स्पष्ट पार्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरी पत्रकारहरुलाई वितरण गरिएको थियो । राष्ट्रिय बाँस सम्मेलन मूल आयोजक समितिका अध्यक्ष तथा पूर्व मन्त्री गणेश शाह, दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख तीर्थराज भट्टराई, पर्यटन बन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरे र ग्रिन बाम्बो कियशन प्रा.लि ललितपुरका प्रवन्धक निर्देशक प्रणव प्रधान द्धारा हस्तक्षरित विज्ञप्तिमा पौष १४ गते कोशी प्रदेश इटहरीमा, पुष १५ गते मधेश प्रदेश जनकपुर, पुष १६ गते बागमती प्रदेश हेटौडा, पुष १८ गते गण्डकी प्रदेश पोखरा र पुषको अन्तिम हप्ता उपत्यका (काठमान्डौं, ललितपुर, भक्तपुरमा बाँस सम्मेलन सम्बन्धि प्रादेशिक कार्यक्रमहरु राखिने जनाइएकोछ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक तथा पूर्व मन्त्री शाहले खोटाङ जिल्लामा विविध प्रजातिका बाँस जताततै पाइने साथै किराँत सँस्कृतिको बाहुल्यता भएको ठाउँ, जहाँ साँस्कृतिक कर्ममा बाँसकै अत्यधिक उपयोग गरिन्छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भए देखि नै बाँसको प्रवर्द्धन र प्रचार प्रसारमा वढी ध्यान दिदै आएको पाइएकोले सोही ठाउँमा प्रथम राष्ट्रियबाँस सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देश डा. राजेन्द्र केसीले राज्यको माथिल्लो तहबाट गर्नुपर्ने काम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्न लागेकोमा खुशी व्यक्त गर्दै सबै सरकोर निकायहरुबाट सहकार्य र साथ दिनुपर्ने बताउनु भयो ।
प्रथम बाँस सम्मेलनमा १०० जना सरकारी तथा गैरसरकारी निकाय तथा १०० बन उपभोक्ता समूह यस्तै ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र १०० विद्यार्थीहरु सहभागी भएर प्रत्यक्ष अवलोकन गर्ने जनाइएको छ । सम्मेलनका अन्य गतिविधिहरुमा बाँस विज्ञहरूको प्रस्तुतिकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामाग्रीहरूको स्टल प्रदर्शन, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन हुनेछ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथ सम्मेलन हुने आयोजकले जनाएको छ ।
नगरप्रमुख भट्टराईले बाँसको उपयोगलार्ई प्रवद्र्धन गरेर आर्थिक उपार्जनको सहज माध्यम बनाउने उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना हुन गैरहेको प्रथम बाँस सम्मेलनलाई सफल बनाउन सबैले हार्दिकता पूर्वक साथ दिएकोे बताउँदै राष्ट्रिय मिडियाहरुबाट पनि प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट पूर्व मन्त्री शाहका साथ, प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी, ग्रिन वाम्वो क्रियशन प्रालिका प्रवन्ध निर्देशक प्रणव प्रधान उपस्थित हुनुहुन्थ्यो भने खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकारहरु भिम राई, सन्जीव राईको समेत उपस्थिति रहेको थियो ।
[यो पनि--शैक्षिक सुझाव अभियानमा दिक्तेल रुपाकोट मझुवागढीले ग-यो काठमाण्डुमा एक अन्तरकृया ]
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।