जेठ २१, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा देवानी प्रकृतिका विवादहरुलाई सहजिकरण गरी संवादको माध्यमबाट जीत–जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न मेलमिलाप सम्बन्धि तालिम सम्पन्न भएको छ । साकेला गाउँपालिकास्थित न्यायिक समितिको आयोजनामा गत जेष्ठ १३ गतेदेखि जेष्ठ २० गतेसम्म सञ्चालन गरिएको मेलमिलाप सम्बन्धि तालिम आइतवार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष रविप्रकाश राईले संविधानमा नै व्यवस्था भएको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स–साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै मेलमिलापका माध्यमबाट समाधान भएको र हरेक समाजमा सकरात्मक सन्देश गएको बताउनुभयो ।
स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्दाहरु निरुपणका लागि सम्बन्धित निकायसँग समन्वय गरि फर्छौट गर्ने गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष बिर्सिका राईले बताउनुभयो । गाउँपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि गाउँघरमा हुने समस्या समाधानमा सहयोग पुगेको संयोजक राईको भनाई छ ।
सहभागिहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द न्यूनिकरणमा सहयोग पुग्ने कुरामा आफू विश्वस्त भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपायहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्दतिकोको प्रयोग, मेलमिलाप सम्बन्धि नेपालमा प्रचलित कानुनी व्यवस्था लगायतका विषयमा सहजिकरण गरिएको छ ।
तालिममा साकेला गाउँपालिकाका हरेक वडाका ३/३ जना मेलमिलापकर्ताको साथमा वडा अध्यक्ष र वडा सचिवको सहभागिता रहेको तालिममा मानवअधिकार मञ्च, नेपाल, इलामका गायत्री थेगिम र याम माबोहाङ लिम्वुले सहजिकरण गर्नुभएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।