भदौ ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेवार समुदायको प्रमुख पर्व लाखे जात्रा सोमबारदेखि औपचारिकरुपमा शुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सोमबारदेखि लाखे नाच प्रदर्शन गर्दै जात्रा शुरु गरिएको होे ।
द्वापर युगमा भगवान श्रीकृष्ण र उहाँको मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा गरिने चलन छ ।
विशेषगरी खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाको दिक्तेलबजार, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कवजार, खोटाङबजार, बुइपाबजार , चिसापानी बजार, अर्खौले बजार, खार्मी, दोर्पाचिउरीडाँडा, रावाँबेसी गाँउपालिकाको लामिडाँडा लगायत अन्य नेवार समुदायको सघन बस्ती भएको ठाउँमा यो पर्ब मनाइने गरिएको छ ।
लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइने तथा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच राति सँगै दिनमा पनि देखाइने दिक्तेल बजार समाजिक गुठीका साधारण सदस्य एवं दिक्तेल बोर्डिङ सेकेन्डरी स्कुल दिक्तेलका प्रधानाध्यापक धनकर्ण श्रेष्ठले बताउनु भयो । उहाँ अझ थप्नु हुन्छ–‘ टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्छर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठो लाग्ने हुन्छ । ’
भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको समेत पूजा गरि जात्रा सुरु गरिन्छ ।
वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने यो धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रा काठमाण्डौँ उपत्यका लगायत देशका बिभिन्न ठाँउमा मनार्ईदै आएको छ ।
नागपञ्चमीबाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ । श्रीकृष्णको जन्मपछि उहाँको मामा कंशको हत्यासँगै लाखे जात्राको समापन हुन्छ ।
नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा रहकोले यसको जगेर्नाका साथै साँस्कृतिक पर्वको रुपमा प्रवर्द्धन गर्न स्थानीय सरकारहरुले समेत चासो दिनुपर्ने दिक्तेलवजारका समाजसेवी एवं राजनैतिककर्मी प्रकाश श्रेष्ठ भन्नुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान