भदौ ०५, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी कार्यक्रमले सञ्चालन गरिरहेको वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको अनुगमन गरिएको छ । नगरपालिकाका वडा नं. १२ जाल्पा र वडानं. १३ नुनथलामा सञ्चालनमा रहेको २१ हप्ते वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको मंगलवार नगरपालिकाको तर्फबाट अनुगमन शुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
यतिखेर नगरप्रमुख भट्टराईका साथ उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडाध्यक्ष भगेश्वर राई, नगर कृषि शाखा प्रमुख तेजप्रकाश जैशी, सामी प्रदेशकी कोअर्डीनेटर उमा पौडेल, वित्तिय साक्षारता प्रमुख मीन आचार्य, प्रशासनिक सहायक जानुका श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. १३ नुनथलाका सभापति जगवीर तामाङ लगायतले नुनथलामा सञ्चालन भैरहेको मनोपरामर्श कक्षाको अनुगमन गरिरहनुभएको थाहा भएको छ । । अनुगमनका क्रममा सञ्चालन भएको अन्तकृयात्मक कार्यक्रममा सामी परियोजनाका संयोजक सन्तोष राई, मनोसामाजिक परामर्श प्रमुख गायत्री तामाङले सहजिकरण गर्नुभएको छ ।
अनुगमनका क्रममा मनोसामाजिक परामर्श कक्षाबाट स्थानीयमा सकारात्मक प्रभाव पर्न थालेको जनाइएको छ । कृषि क्षेत्रलाई आधुनिक प्रविधितर्फ जोड्दै यस पेशा प्रति आकर्षण वढेको पाइएको, जंक फूड र आयातित पेय पदार्थहरु ड्यु, कोक आदिको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतना वृद्धि भैरहेको, समुदायमा फजुल खर्च गर्ने बानीमा सुधार भै मितव्ययिता अपनाउन शुरु भएको, बैदेशिक रोजगारबाट कमाएको रुपिया सुरक्षित गर्ने बानीको विकास भैरहेको जस्ता सवल पक्षहरुको विकास भैरहेको स्थानीय निर्मला तामाङको प्रतिकृया छ । यसैगरी चाँहदा गर्न सकिने रहेछ , तर जाँगर र इच्छा शक्ति आवश्यक छ भन्नुहुन्छ स्थानीय कविता शेर्पा ।
यस्तै वेरोजगार युवाशक्तिलाई स्वेदेशमै रहेर उत्पादनशील क्षेत्रमा लाग्न सिपमुलक तालिम , लगानीका लागि पुजी रकमको व्यवस्थापन जस्ता कामहरुमा सरकारले ध्यान दिनुपर्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।
आजै वडा नं. १२ जाल्पामा पनि सामीद्धारा सञ्चालन भैरहेको मनोसामाजिक परामर्श कक्षाको अवलोकन तथा अनुगमन गरिने टोली सदस्य जानुका श्रेष्ठले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !