बैशाख २५, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेँसी गाउपालिकाले तोरी खेती गरी तेल आयात रोक्ने गरी योजना अघि सारेको छ । पालिकामा तोरी खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएकाले आगामी बर्षहरुबाट गाउपालिका तेलमा आत्मनिर्भर बन्न सक्ने विश्वास लिईएको छ ।
रावाबेँसी गाउपालिका २ खार्पामा यस वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि भएको वडा नं २ का अध्यक्ष डोलराज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले गाउपालिकाले नै किसानहरुलाइृ बिउ उपलब्ध गराइदिएपछि तोरी उत्पादनमा कृषकहरुको आकर्षण बढेको बताउनुभयो । मासिक करिब ५ देखि ६ लाख लागतको तेल आयात हुने गरेकाले पालिकालाई तेल उत्पादनमा आत्मनिर्भर बनाउन सके कृषकहरु पनि आत्मनिर्भर बन्नेमा आफु विश्वस्त रहेको उहाको भनाई छ ।
उहाँका अनुसार खार्पामा तोरी कृषकहरुले एक बर्ष सम्म तेल आयात लाई ८० प्रतिसत रोक्न धान्ने गरी उत्पादन गरेका छन । यस बर्ष पहिलो पटक किसानले आफ्नो खेतबारीमा तोरी लगाएको अनुभव गरेकाले कसैले कम कसैले बढी लगाएको भएपनि अव आउने बर्षबाट गाउँपालिकामा तेल आयात बन्द गर्नेगरी कृषकहरुलाई प्रोत्साहन गरीने उहाँको भनाइ छ ।
मल, बिउ, बिषादि तथा तालिम लगायतको अभावमा किसानले तोरी उत्पादनमा चुनौति खेप्नुपर्ने बिद्यमान समस्या लाई समेत पालिकाले मध्यनजर गर्ने भन्दै उहाँले किसानहरुले उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । गाउपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै उहाँले तोरी संगसंगै मौरी पालनका लागि घार निर्माण भैहेको सुनाउनुभयो । सयौको संख्यामा मौरीपालनका लागि पालिकाले आप्mनै श्रोत साधन प्रयोग गरी घार निर्माण गराइरहेको उहाँले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान