असार ०४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ५ चिसापानी, खुटास्थित वालोदय आधारभूत विध्यालय नाटेपानीले शैक्षिक वातावरणलाई विध्यार्थीका लागि सहज र पठन पाठनमैत्री बनाउन पोशाकमा समेत एकरुपता ल्याउन आवश्यक ठानेको छ । विध्यार्थीहरुका लागि समान शैक्षिक वातावरण र परिवेश तयार गरी एकापसमा सबैलाई पठन पाठनमा मनोवैज्ञानिक उत्प्रेरणा जगाउन पोशाकमा समेत एक रुपता आवश्यक ठानी सोही अनुसार कार्यान्वयन गरिएको विध्यालयका प्रधानाध्यापक मणिराम कोइरालाले हलेसी एफएमलाई बताउनुभयो ।
प्रधानाध्यापक कोइरालाका अनुसार विक्रम सम्वत २०३० सालमा स्थापित वालोदय आधारभूत विध्यालय नाटेपानीमा हाल २०४ जना विध्यार्थीहरु अध्ययनरतः छन् । शुरुमा संस्थापक शिक्षकका रुपमा स्थानीय शैक्षिक अभियन्ता पुण्य प्रसाद अधिकारीले विध्यार्थीहरुलाई पढाउन शुरु गर्नुभएको प्र.अ. कोइराला बताउनुहुन्छ । समयको अन्तरालसँगै विभिन्न उतार चढाव व्यहोर्दै स्थानीय अभिभावक र जनप्रतिनिधि तथा शिक्षकहरुको प्रयासले यो विध्यालयले पठन पाठनमा गति लिइरहेको उहाँको अनुभूति छ । हाल प्रावि तहका शिक्षकहरु ६ जना, कक्षा ६, ७ र ८ का लागि राहत शिक्षक २ जना, गाउपालिकाको अनुदानबाट निमावि शिक्षक १ जना, वाल विकास केन्द्रका लागि १ जना र विध्यालय सहयोगी १ जना गरी विध्यालयमा ११ जना कार्यरत रहेको बुझिन्छ ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुदेव राईको अध्यक्षतामा बैशाख १८ गते बसेको विध्यालय व्यवस्थापन समितिको बैठकमा स्थानीय अभिभावकहरु समेतलाई आमन्त्रण गरी सबै विध्यार्थीहरुका लागि एकै किसिमका पोशाक अनिवार्य गर्ने निर्णय भएपछि विध्यालयले सबै विध्यार्थीहरुलाई एकै खालको पोशाक उपलव्ध गराएको हो ।
विध्यार्थीहरुका लागि विध्यालयको नाम भएको लोगो अंकित निलो भेस्ट र निलो पेन्ट पोशाकको रुपमा तयार भएपछि जेष्ठ ३ गतेदेखि सबै विध्यार्थीहरुले त्यही पोशाक लगाएर विध्यालयमा उपस्थित हुँदा विध्यालयको वातावरण नै उत्साहप्रद बनेको विध्यालयका खेलकुद शिक्षक श्यामशुन्दर कार्की बताउनुहुन्छ ।
कक्षागत विध्यार्थीहरुका आधारमा पोशाक शुल्क वापत अभिभावकहरुबाट विध्यालयले रु ६ सय देखि रु. १ हजार सम्म लिइने गरेको विध्यालय श्रोतले जनाएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।