जेठ ३२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जिल्ला प्रहरी कार्यालय दिक्तेल परिसरमा निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्तोलाद्धारा बुधवार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय दिक्तेल परिसरमा निर्मित अमर प्रहरी स्मारकको अनावरण भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा निर्मित अमर प्रहरी स्मारकमा विभिन्न कालखण्डमा खोटाङ जिल्लामा र खोटाङ घर भै विभिन्न स्थानमा वीरगति प्राप्त गरेका ३५ अमर प्रहरीहरुको नामांकन गरिएको छ ।
कोशी प्रदेश कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक वास्तोला दुई दिने निरिक्षण भ्रमणका क्रममा जेष्ठ ३० गते खोटाङ दिक्तेल आउनु भएको थियो । उहाँले भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका सबै प्रहरी कर्मचारीहरुलार्ई नागरिकहरुमा छिटो छरितो ढंगबाट चुस्त दुरुस्त सेवा प्रदान गर्ने, सकारात्मक सोच, र्ईमानदारिता निष्पक्षतासहित नागरिकलाई सेवा प्रदान गर्ने, मानव अधिकारको संरक्षण गरी सुम्पिएको जिम्मेवारी तदारुकताका साथ निर्वाह गर्न सम्पूर्ण कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको श्रोतले जनाएको छ । सो अवसरमा उहाँले निर्माणाधिन भवनहरुको अनुगमन गरी तोकिएको समयमा गुणस्तरीय भवन निर्माण कार्य गराउन यथोचित व्यवस्थाका लागि पनि निर्देशन दिनुभएको थियो ।
प्रहरी नायव महानिरिक्षक बास्तोलाका साथ उहाँकी धर्मपत्नि अजिता देबकोटा(बास्तोला) पनि दिक्तेल आउनुभएको थियो । श्रीमती वास्तोलाको अध्यक्षतामा एक कार्यक्रमको संयोजन गरी प्रहरी कार्मचारी संघ, अमर प्रहरी सन्ततिका परिवार, पूर्वकर्मचारीका श्रीमतीहरुसँग भेटघाटको आयोजना समेत गरिएको थियो । उक्त कार्यक्रममा अमर प्रहरी सन्तति र पूर्वकर्मचारीका छोरा/छोरीहरु १५ जनालार्ई स्टेशनरीका सामानहरु बितरण गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएकोे छ ।
प्रहरी नायव महानिरिक्षक बास्तोला दम्पति जेष्ठ ३१ गते जिल्लाको निरिक्षण सकेर खोटाङबाट फर्किनु भएको प्रनाउ मुकारुङले बताउनुभयो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।