असार १५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ धितुङले वडाका किसानहरुलाई बाँदर भगाउने यन्त्र दिएको छ । खेत बारीमा लगाएका बालिनाली तथा अन्न पातहरुलार्ई बाँदरले सखाप बनाएर हैरान बनाएपछि किसानहरुको मर्कालाई ध्यानमा राखि बाँदर भगाउन बन्दुकजस्तै आवाजमा पड्किने यन्त्र झिकाई वडाका किसानहरुलाई वितरण गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।
ग्रामिण भेगका किसानहरु बाँदरको अतिक्रमणबाट वर्षेनी प्रताडित हुने गरेकाछन् । बाँदर नियन्त्रणका लागि सरकारको तर्फबाट पनि प्रभावकारी उपाय किसानले पाउन सकिरहेका छैनन् । बाँदरकै ज्यादतिका कारण गाउँका वस्तिहरु वर्षेनी रित्तिदै आइरहेको छ । बसााई जान पनि नसक्ने अवस्थामा रहेका किसानहरुलाई बाँदरको ज्यादतिबाट राहत मिल्ने आशामा यस अगाडि जन्तेढुङ्गा गाउँपालिकाले पनि बाँदर धपाउने यन्त्र झिकाएर किसानहरुलाई वितरण गरिसकेको छ ।
हलेसीतुवाचुङ नगरपालिका -८ धितुङले पनि बाँदर धपाउन कुनै उपाय नभएपछि हाल यही यन्त्र झिकाएर किसानको हातमा दिइएको वडाध्यक्ष राई हलेसी एफएमलाई बताउनुहुन्छ ।
वडाध्यक्ष राईका अनुसार वडामा विनियोजित बजेटबाट किसानहरुको सझाव, सल्लाह र मागका आधारमा राष्ट्रिय आविष्कार केन्द्रबाट वडाभरिका लागि ९ थान यन्त्र झिकाएको हो । आज वडा कार्यालयमा किसानहरुको उपस्थितिमा वडा नं. ८ धितुङका साविक ९ वडाहरुका लागि १/१ वटा बाँदर भगाउने यन्त्र उपलव्ध गराइएको थियो ।
बन्दुक जस्तो आवाज दिने भए पनि यसलाई बन्दुकको नामबाट नबुझ्न र यसको विशेष नाम राखि नसकिएको हुँदा वादर धपाउने यन्त्र भनेर बुझिदिन सर्व साधारणलाई राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सुझाउदै आउनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।