मंसिर १७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर १ कुभिन्डेमा बाँसको फर्निचर लगायत विभिन्न सामाग्रीहरु बनाउने एक महिने सीप विकास तालिम शुरु भएको छ । रावाबेसी गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय खोटाङकोे संयुक्त साझेदारीमा वडा नम्बर १ कुभिन्डेमा मंसिर १४ गते देखि बाँसको फर्निचर लगायत विभिन्न सामाग्रीहरु बनाउने एक महिने सिप विकास तालिम शुरु भएको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले हलेसी एफएमलार्ई बताउनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार तालिममा रावाबेसी गाउँपालिका भित्रका ६ वटै वडाका दुर्ई/दुई जना सहभागी गराउने सोँच भएपनि हाल वडा नम्बर १ कुभिन्डेका स्थानिय १२ जनाले मात्रै सहभागी जनाइरहेको बताइएको छ । रावाबेसी गाउँपालिकाले सीप सिक्न आउने सबैलार्ई खाना तथा बाँसको ब्यवस्था गर्ने व्यवस्था गरिएको पालिका श्रोतले जनाएको छ । यस्तै तालिमका लागि आवश्यक समाग्रीहरु घरेलु तथा साना उद्योग कार्यालय, खोटाङले जुटाइदिने घरेलुका प्रमुख भेषराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी संख्या र उनीहरुको चाहना अनुसार तालिम अवधि बढाउन पनि सकिनेछ ।
रावाबेसी गाउँपालिका १ कुभिन्डेमा सुरुभएको बाँसको फर्निचर बनाउने तालिम एक महिना सम्म चल्ने उदयपुर त्रियुगा नगरपालिका २ गाइघाट बाट आउनु भएका प्रशिक्षक पदमनाथ फुयालले बताउनु भयो । उहाँ भन्नुहुन्छ—‘अहिले यस ठाउँका १२ जना युवाले तालिम लिईरहेको छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामग्री बनाउने सीप पाएपछि सहभागीहरु खुशी भएका छन् ।’
प्रशिक्षक फुयाँलका अनुसार तालिममा सहभागीहरुलाई बाँसबाट कलात्मक सामाग्रीहरु, बस्न प्रयोग गरिने मुढा, कुर्सी, टेबुल, दराज, फूलदानी लगायतका विभिन्न सामानहरु बनाउन सिकाइनेछ । उहाँले सहभागीहरूमा सिक्ने उत्सुकताका कारण तालिम फलदायी हुने पनि बताउनुभयो ।
‘सिप सिकेपछि राम्रा सामाग्रीहरु बनाउन सकियो भने राम्रै आम्दानी गर्न सकिन्छ’ -प्रशिक्षक फुयाँलले भन्नु भयो । स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने वडा न १ का वडा अध्यक्ष गेहेन्द्रमान रार्ईले बताउनु भयो । अध्यक्ष राईले सीप र प्रविधिको अभावमा खेर गईरहेका बाँसको सदुपयोग गरी निम्न आर्थिक आय भएका नागरिकहरुको जीवनस्तर बदलिने विश्वास व्यक्त गर्नुभयो ।
कभिण्डे लगायत आसपासका गाउँहरुमा प्रसस्त बाँस पाइने हुँदा तालिम प्राप्त गरेपछि कच्चा पदार्थका लागि अन्यत्र जानु नपर्ने स्थानीयको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !