फागुन ३०, २०७९ , Kathmandu,Nepal
हलेसीन्युज डेस्क, खोटाङ/
काठमाण्डौँस्थित खोटाङे स्रष्टा/सर्जकहरुको साझा संस्था रावासावा प्राज्ञिक समाज नेपालको ११ औँ साधारण सभा सम्पन्न भएको छ । स्रष्टा वम वानियाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै समाजको साधारण सभा सम्पन्न भएको हो ।
वागवजार काठमाण्डौमा गत सोमवार निवर्तमान अध्यक्ष प्राज्ञ टीका चाम्लिङको अध्यक्षता तथा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट वम वानिया अध्यक्ष, सुरेश हाचेकाली वरिष्ठ उपाध्यक्ष, चन्द्र रानाहोछा उपाध्यक्ष, भरत लिमेल मगर महासचिव, श्रीराम राई सचिव र यम वास्तोला कोषाध्यमा चयन हुनुभएको छ । त्यस्तै वरिष्ठ गीतकार वीरेन्द्र राई, अम्विका राई, महेशकुमार पुरी, कन्क्राइष्ट राई, रश्मी राई, डि अनुरागी, सोनाम सज्जन किराती र नेचुल्ली दीपक सदस्यमा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा रावासावा प्राज्ञिक समाजद्धारा चार श्रष्टाहरु सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरुमा खोटाङ कुभिण्डे पैतृक थलो रहेका वरिष्ठ कवि तथा साहित्यकार प्रल्हाद पोखरेल र हाल वेलायतमा रहेर नेपाली साहित्यमा योगदान दिदै आउनुभएका कवि देवेन्द्र खेरेस हुनुहुन्छ । उहाँहरु रावासावा प्राज्ञिक सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । त्यसैगरी साहित्यकार प्राज्ञ पञ्चकुमारी परियार र खुक्सुङ खम्वुलाई रावासावा कमलाभक्त साहित्य पुरस्कार २०७९ प्रदान गरिएको छ । समाजले उहाँहरुलार्ई जनही रु वीसहजार नगद तथा सम्मानपत्र प्रदान गरेको छ ।
सो कार्यक्रममा रावासावा प्राज्ञिक समाज नेपालद्धारा प्रकाशित एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज रेग्मीद्धारा सम्पादित खोटाङ साहित्यकार कोश लोकार्पण गरिएको छ । यो कोशको प्राज्ञ टीका चाम्लिङ संरक्षक तथा प्राज्ञ चन्द्र रानाहोँछा प्रकाशक व्यवस्थापक रहनुभएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ अधिबक्ता देवराज कटुवाल, समाजका संस्थापक अध्यक्ष डा. विष्णु राई, डा. सुकराज राई (चमा थुलुङ), प्राज्ञ शान्तिराम राई, जगतप्रसाद घिमिरे, पुरस्कारदाताहरु भक्त राजभण्डारी र कमला राजभण्डारीको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !