बैशाख २६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । गाउँपालिकाको मुख्य प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कद्धारा आज (बैशाख २६ गते)देखि बैशाख २९ गतेसम्म ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो ।
युवाहरुको वीच निकै लोकपृय खेलका रुपमा लिइने भलिबलको विकास, विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताउनुभयो ।
ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा महिला तथा पुरुष विजयी खेलाडीहरुका लागि समान पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।विजयी खेलाडीहरुतर्फ प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः रु.२ लाख, रु. १ लाख, रु. ५० हजार र रु. २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।
यस्तै, बेष्ट प्लेयरलाई रु.५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही रु.३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सेमिफाइनलदेखि माथिका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइनेछ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।