भदौ ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलवजारमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङद्वारा पाँच दिने कचहरी नाट्य तालिमको उद्घाटन गरिएको छ । दिक्तेलवजारस्थित थ्रि व्रदर्शको हलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले आज एक समारोहका वीच नाट्य प्रशिक्षणका उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भट्टरार्ईले साहित्य र कलाको माध्यमबाट समाजका विकृति विसंंगतिलाई चिर्दै सकारात्मक ढंगबाट समाजलाई रुपान्तरण गर्न सकिन्छ र त्यसमा पनि नाटक विधालाई सबैभन्दा सशक्त माध्यमका रूपमा लिने गरिएको बताउनुभयो । हाम्रो देश नेपाल कला, साहित्य र संस्कृतिमा संसारकै धनि देश भएको भन्दै नगर प्रमुख भट्टराईले तिनको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले यस्तो कामहरुमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भाद्र ६ गतेबाट सुरु भएको तालिम आगामी १० गते सम्म सन्चालन हुने नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका स्वास्थ्य अधिकृत प्रबिन श्रेष्ठले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ । उहाँले थप जानकारी दिदै भन्नुभयो–‘हामीले नाटकलाई सधैं सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा हेरेका छौं । यसले सामाजिक, साँस्कृतिक विकृतिहरुलाई रचनात्मक र सिर्जनशिल ढंगबाट परिवर्तनका लागि अर्थपूर्ण भूमिका निभाउँछ ।’ उहाँले यो पाँच दिने कचहरी नाटक तालिमले खोटाङका कलाकारहरुलाई महत्वपूर्ण अभिनय कला र क्षमता दिलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
कचहरी नाटक तालिममा ऐसलुखर्क गाँउपालिकाका आठ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ जना गरी जम्मा सोह्र जना सहभागी रहेकाछन् । सिन्धुली कला केन्द्रघर बाट आउनु भएका प्रशिक्षक चित्रबहादुर मगर (सुमन)ले कचहरी नाटक प्रशिक्षणमा सहजिकरण गरिरहनुभएको छ ।
नाट्य प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षता तथा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्य, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिविहरुको उपस्थित रहेको थियो
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।