आश्विन ०८, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा अशोज १७ देखि २१ गतेसम्म आयोजना हुने मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्याशाला तथा कला प्रदर्शनी –२०८० को तयारीलाई तिव्रता दिइएको छ । विभिन्न राष्ट्रबाट प्रशिद्ध चित्रकारहरु सहभागी रहने यो प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानहरुका साथै खोला खोल्सी, यहाँबाट देखिने हिमश्रृंखलाहरु, यहाँको परम्परागत सँस्कृति झल्कने चित्रहरु समावेश गरिनेछ ।
यसैको तयारीको लागि आइतवार जिल्लास्थित कृयाशिल राजनैतिक दलहरुको बैठक राखी उहाँहरुको समेत सुझाव सल्लाह लिइएकोे नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुनेछन्।
नगरप्रमुख भट्टराई भन्नुहुन्छ–“कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् । जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो । लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने छ ।”
नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ । चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको सर्वदलीय बैठकमा जानकारी गराइएको छ ।
चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर उच्च पदस्थ व्यक्तिमार्फत उद्घाटन गराएर प्रदर्शनीको आयोजना गर्ने तयारी गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरुबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ ।
चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र÷छात्रालाई पनि सहभागी गराइने जनाइएको छ ।
चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । मध्यपहाडी लोकमार्ग हुँदै नगरपालिका प्रवेश गर्ने प्रमुख प्रदेशद्धार नुनथलाबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीलाई समेटेर विभिन्न उपसमितिहरु गठन गर्नुका साथै कार्यतालिकाका साथ उनीहरुको जिम्मेवारी समेत तोकिएको छ । जिल्लाका पर्यटकीयस्थलहरु टेम्के, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका ठाउँहरुको अवलोकन तथा त्यस ठाउँहरुको समेत चित्र उतार्ने कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ ।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन कार्यशाला तथा चित्रकला प्रदर्शनी–२०८० को सर्वदलीय छलफल कार्यक्रममा दलहरुका तर्फबाट यो कार्यक्रम जिल्लाको पहिचान र गौरव बढाउने महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै सबैदलहरुले यो कार्यक्रम सफल गराउन एक्यवद्धता जाहेर गरेका छन् ।
दलका तर्फबाट नेपाली काँग्रेसका सभापति विष्णुकुमार राई, माओवादीका परसुराम विक, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा एसका अध्यक्ष जलसेर राई तथा यादवसेन राई, रास्वपाका दुर्वासा गेलाल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी हिजै अपरान्ह १ वजे पत्रकार सम्मलेनको आयोजना गरी सञ्चार माध्यमबाट समेत मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई व्यापक प्रचार प्रसार गर्न नगरपालिकाको तर्फबाट अनुरोध गरिएको छ । पत्रकारहरुवाट सोधिएका विभिन्न जिज्ञासाहरुको नगरप्रमुख भट्टराईले जवाफ दिनुभएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।