असार १४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझवागढी नगरपालिकामा हरिशयनी एकादशीसँगै राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा विभिन्न जातका वृक्षारोपण गरिएको छ । आज असार १४ गते हरिशयनी एकादशी तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-५ स्थित ऐतिहासिक एवं धार्मिक स्थल मझुवागढी कालिकादेविस्थान वरिपरि विभिन्न प्रजातिका फूल र अन्य विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख डिएफओ पशुपति दाहालले बताउनुभयो ।
गत वर्ष पनि गढी र कालिकादेविस्थान क्षेत्रमा फूल र विभिन्न जातका विरुवाहरु रोप्दै सो क्षेत्रलाई फूलैफूलको पहाड बनाउने संकल्प गरिएको थियो । नगरपालिकाले आगामी वर्षको वजेट र कार्यक्रम आषाढ ९ गते प्रस्तुत गरिदा मझुवागढी तथा कालिका देविस्थानलाई फूलैफूलको पहाडको रुपमा प्रवर्द्धन गर्दै त्यहाँको शौन्दर्यकरणलाई जोड दिइएको छ ।
फूलैफूलको पहाड बनाउने अभियान अन्तर्गत आज पनि अत्यधिक फूलहरुको विरुवा मझुवागढी कालिका देविस्थान क्षेत्रमा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य राजेन्द्र राई बताउनुहुन्छ ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, डिभिजन वन कार्यालय खोटाङ, सशस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेल, जिल्ला प्रहरी कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङ, देविस्थान सामुदायिक वन उपभोक्ता समूह मिलेर स्थानीयवासीहरुको सहयोग र सहकार्यमा दिक्तेलरुपाकोट मझुवागढीनगरपालिका स्थित कालिका भगवति देवीस्थान मन्दिर जाने बाटोमा करिब २५० भन्दा वढी बिभिन्न जातका बिरुवा रोपिएको देविस्थान सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष जयनारायण कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा जाकाराण्डा, असारे, तेजपात (सिन्की), धुपी, बेलपत्र गरी करिब १५ देखि २० प्रकारका बिरुवाहरु रोपिएका छन् ।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका तर्फबाट वडा नं. ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नं. १ का वडाध्यक्ष नवराज राई, डिभिजन बन कार्यालय खोटाङका प्रमुख डिएफओ पशुपति दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ मन्जिल मुकारुङ, सशस्त्र प्रहरी बलका प्रनाउ कृष्ण बम, सहायक प्रजिअ पवित्रप्रकाश शाह, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य राजेन्द्र राई, देविस्थान सामुदायिक वन उपभोक्त समूहका पदाधिकारी, सदस्यहरु लगायत स्थानीयवासीहरु सहभागी रहनु भएको थियो ।
आज हरिशयनी एकादशीको दिन घर घरमा सबैले तुलसीको बिरुवा सार्ने गर्छन । बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसीको बोट विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्दै आएको छ । एकादशीका अवसरमा आज बिहानैदेखि बिभिन्न विष्णुको मठ मन्दिरमा भक्तजनहरुको ठुलो मात्रामा चाप पनि रहेको पार्ईन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !