चैत्र १०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ वडा कार्यालय बाम्राङ र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको संयुक्त आयोजनामा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गत कुसन र डल बनाउने तालिम सम्पन्न भएको छ । वडाको तर्फबाट रु. १ लाख र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको तर्फबाट रु. २ लाख गरी जम्मा रु. ३ लाख बजेटमा गत फागुन २५ गते उद्घाटन गरी १५ दिन सम्म सञ्चालन भएको हस्तकला तथा सिपमूलक आधारभूत डल तथा कुसन बनाउने तालिम चैत्र ९ गते शुक्रवार औपचारिक कार्यक्रमवीच समापन भएको हो ।
पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकलाद्धारा निर्मित सामाग्रीहरुको तालिमले महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने र यसबाट व्यवसायिक रुपमा समेत आय आर्जनमा थप टेवा पुग्ने भएकोले वडाको अगुवाइमा यहाँका महिलाहरुलाई लक्षित गरेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङको समेत सहयोगमा यो तालिमको बन्दोवस्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. ३ बाम्राङकी महिलानेतृ मिना कार्कीले जानकारी दिनुभयो ।
डल तथा कुशन बनाउने तालिमको समापन कार्यक्रममा वडा नं. ३ बाम्राङका पूर्व वडाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि ललितकुमार रार्ईले नेपालमा पुरुषको तुलनामा महिलाहरु कम शिक्षित रहेको र अशिक्षाको कारणबाट आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रहरुमा उनीहरुको सहभागिता कम हुने गरेको बताउँदै यस्ता तालिमले महिलाहरुमा आत्मविश्वास जगाउने तथा सीप सिकेर रोजगार हुने पनि बताउनु भयो ।
यस्तै वडा नं.३ का वडाध्यक्ष महेन्द्रबहादुर राइले कुनै पनि काम गर्दा जोस, जाँगर र मेहनत आवश्यक पर्ने भएकाले मेहनतका साथ तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो । तालिमको समापन कार्यक्रममा सहभागीहरू सबैलार्ई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
३ नं. वडा भरिका २६ जना महिलाहरूको सहभागिता रहेको यो तालिम निकै महत्वपूर्ण रहेको उदयपुरबाट आउनु भएकी प्रशिक्षक सिता श्रेष्ठको भनाई रह्यो ।
वडा नं.३ को वडा कार्यालयमा भएको समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष महेन्द्र बहादुर राइ, पूर्व वडाध्यक्ष ललितकुमार रार्ई, घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषबहादुर खत्री, कार्यपालिका सदस्य मिना कार्की, वडा सदस्यहरु बिष्णु श्रेष्ठ, खड्ग राई, रेखा रम्तेल, राजनीतिक दलका प्रतिनिधिहरु, टोल बिकास समितिका आमा समुह लगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष महेन्द्र बहादुर राईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन वडा सचिव मन्दिरा घिमिरेले गर्नुभएको थियो ।
[ यो सँगै सम्बन्धित---बाम्राङमा हस्तकलाद्धारा सामाग्री बनाउने तालिम शुरु }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान