फागुन २९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावाबेसी गाँउपालिका–३ लामिडाँडास्थित साबिक वडा नम्बर ६ को लङगुर सामुदायिक बनमा डढेलोले क्षति पुराएको छ । सोमवार अन्दाजी बिहान १० बजेबाट डढेलो लाग्न सुरु भै जंगलको बोट विरुवा र पाखा पखेरामा रहेको खर वुट्यानहरु जल्दै ठूलो क्षेत्रमा आगो फैलिन थालेपछि अपरान्ह ४ बजे तिर मात्र डढेलोलाई नियन्त्रणमा लिन सकेको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले हलेसी एफ एमलार्ई बताउनु भयो ।
सामुदायिक बनमा लागेको डढेलोबाट मानवीय क्षति नभएपनि लामिडाडाका खड्ग बहादुर पिठाकोटे मगर, राम बहादुर मुंग्राती, बिष्णु मगर, युसुप मुंग्राती, धर्म मुंग्राती, बुद्ध मुंग्राती र सुमन तिमिल्सिनाको पाखामा भएको खर जलेर नष्ट भएको छ । हरियो फिरेसगै गाइवस्तुलाई खुवाउन भनि राखेको खर करिब २०० भारी जलेर नष्ट भएको स्थानीय केशर बहादुर श्रेष्ठ (कुमार) ले जानकारी दिनु भयो ।
डढेलो स्थानीयवासी र प्रहरी मिलेर करिब ४ बजे नियन्त्रणमा लिइएको थियो । आगो कस्ले लगायो भन्ने अझसम्म खुल्न नसकेको जनाइएको छ ।
सुख्खा मौसम र हावाहुरीको सिजन शुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘वर्षेनि डढेलोले ठूलो मात्रामा वनको क्षति हुदै आएको छ । गर्मी याममा गोठालो जाने या बटुवाहरुले वनमा चुरोट विडी खादा असावधानीवस जंगल, पाखा पखेरामा चुरोट विडीका ठुटाहरु फाल्ने कारण डढेलो लाग्ने जोखिम हुन्छ ।’ सुख्खा मौसमसँगै गर्मी याम शुरु भएपछि सबैले आगोको प्रयोग गर्दा सजग हुनुपर्ने रावाबेसी गाँउपालिका अध्यक्ष श्रेष्ठको भनार्ई छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !