कार्तिक २२, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ वाम्राङ स्थित चक्र अन्जु राई फाउण्डेशनको दोश्रो वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष लिलाबहादुर खत्रिको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा मंगलबार वाम्राङस्थित सावित्रा माविको प्राङ्गणमा दोश्रो वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो ।
वाम्राङका समाजसेवी स्वर्गीय चक्रबहादुर राईको स्मृतिमा उहाँ र उहाँकी धर्मपत्नि अन्जु राईको नामबाट २०७८ सालमा परिवार र आफन्तजनबाट स्थापना भएको चक्र–अन्जु राई फउण्डेशनले वडा नं.३ वाम्राङका शैक्षिक तथा सामाजिक क्षेत्रमा विविध कार्यहरु गर्दै आइरहेको छ । विक्रम सम्वत २००९ साल बैशाख ७ गते पिता स्वर्गीय त्रिमत राई तथा माता स्वर्गीय रामलक्ष्मी राईको कोखबाट जन्मिनु भएका चक्रबहादुर राई वृटिश शेनामा जागिर खाएर रिटायर्ट भैसकेपछि सामाजिक क्षेत्रमा काम गर्दै रहेको अवस्थामा २०७८ साल कार्तिक २० गते देहावसान हुनुभएको थियो । स्वर्गीय राईको स्मृतिमा स्थानीय लिलाबहादुर खत्रीको अध्यक्षतामा चक्र-अन्जु राई फाउण्डेशन स्थापना भएपछि यसले विध्यार्थीहरुको हित तथा विभिन्न मानवीय हीतमा काम गर्न शुरु गरेकोछ ।
यसैक्रममा स्वर्गीय राईको दोश्रो पूण्य तीथिको अवसर पारेर कातिक २१ गते दोश्रो वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको अध्यक्ष लिलाबहादुर खत्रिले हलेसी एफएमलाई बताउनुभयो ।
दोश्रो वार्षिकोत्सवका अवसरमा जिल्लास्तरीय अन्तरमावि वक्तृत्व कला प्रतियोगिता समेत गरिएको छ । प्रतियोगितामा सावित्रा मावि वाम्राङमा कक्षा १० मा अध्ययनरतः छात्रा असिमा भण्डारी प्रथम, श्रीमावि वाँसवोटे लफ्याङमा कक्षा १० मा अध्ययनरतः छात्रा सुदिक्षा अधिकारी द्धितिय, चम्पावती मावि विजयखर्कमा कक्षा ९ मा अध्ययनरतः छात्रा जेशिका ढकाल तृतिय र दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा कक्षा १२ मा अध्ययनरतः युवराज खड्काले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेहरुले क्रमशः रु १० हजार, रु ७ हजार, रु ५ हजार, रु २ हजार तथा प्रमाणपत्र र स्टेशनरी सामाग्रीहरु प्राप्त गरेकाछन् ।
कार्यक्रममा वाम्राङ वडाभरिका विभिन्न विध्यालयमा अध्ययनरतः ९ जना विध्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामाग्रीहरु पनि वितरण गरिएको थियो । विध्यार्थीहरु निर्जला राई, राजेश थापा, रिता पाण्डे, लक्ष्मी भुजेल, दिक्षा थापा, आकृति राई, अनुज राई, अन्जना कटवाल तथा अनुप राईले स्टेशनरी सामाग्री प्राप्त गरेका थिए ।
दोश्रो वार्षिकोत्सवका अवसरमा फूलमाला उन्ने कला र सीपको प्रवर्द्धनलाई ध्यानमा राखी अतिरिक्त कृयाकलाप अन्तर्गत विध्यार्थीहरुवीच फूलमाला प्रतियोगितात्मक प्रदर्शनी पनि आयोजना गरिएको थियो । बाम्राङस्थित दुई विध्यालयहरु सावित्रा मावि र सुर्केडाँडा आधारभूत विध्यालयका ६८ जना विध्यार्थीहरु सहभागी रहेको प्रदर्शनीमा सावित्रा माविकी विध्यार्थी भावना राई सर्वोत्कृष्ट सहभागी बनेकी थिइन् । त्यस्तै सावित्रा माविका विध्यार्थीहरु अशोक राई र अनमोल राई क्रमशः द्धितिय र तृतिय घोषित बनेका थिए । सुर्केडाँडा आधारभूत विध्यालयका अमित नेपाली, एलिना राई र सुरेश दाहाल क्रमशः प्रथम, द्धितिय र तृतीय घोषित भएका थिए । फाउण्डेशनबाट पुरस्कृतहरुलाई पठनपाठनका लागि स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको थियो ।
सोही अवसरमा वाम्राङका नियमित छात्रवृत्ति प्राप्त गरिरहेका दुई विध्यार्थीहरु सुर्केडाँडा आविमा ६ कक्षामा अध्ययनरत विध्यार्थी श्यामविक्रम खत्री र सावित्रा माविमा ५ कक्षामा अध्ययनरतः विध्यार्थी युनिशा विकलाई विध्यालय पोशाक, व्याग र स्टेशनरी सामाग्रीहरु उपलव्ध गराइएको थियो । त्यस्तै फाउण्डेशनका तर्फबाट वाम्राङ निवासी अपांगता भएकी ३७ वर्षीया लिलामाया खत्रीलाई रु.४ हजार आजिवन अपांगता राहत सहयोग प्रदान गर्ने निर्णयका साथ जाडो मौसममा लगाउन मिल्ने न्यानो कपडा प्रदान गरिएको अध्यक्ष खत्रीले जनाउनुभयो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।