फागुन ०३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान सञ्चालन भईरहेको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गाउँपालिकालाई सफा, सुन्दर र स्वच्छ पालिका निर्माण गर्नका लागि वडा तथा पालिकास्तरमा विविध कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा गाउँपालिकाले निर्माण गर्न लागेको फोहोरमैला व्यवस्थापन केन्द्र “सटिङ साईट“ निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ ।
साकेला गाउँपालिका–३ खिदिमा निवासी समाजसेवी बम प्रसाद तामाङले गाउँपालिकालाई २० रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ । सरकारी जग्गाको दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७९ को दफा ५ (२) बमोजिम जग्गाधनीबाट सटिङ साईट निर्माणको लागि गाउँपालिकालाई उक्त जग्गा निशुल्क प्राप्त भएको हो ।
त्यस्तै निर्माण हुन लागेको सटिङ साईड सम्म पुग्ने मोटरेबल बाटोलाई आवश्यक पर्ने जग्गा समेत स्थानीयले निशुल्क उपलब्ध गराएका छन् । साकेला–३ खिदिमा निवासी तारामान तामाङले “सटिङ साईड’’ सम्म पुग्ने मोटरेबल बाटोलाई आवश्यक पर्ने जग्गा निःशुल्क रुपमा उपलब्ध गराउन बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईलाई मञ्जुरीनामा प्रदान गर्नुभएको छ ।
सटिङ साईडसम्म पुग्ने सडक बाटोलाई समेत जग्गा प्राप्त भएपछि चाँडैनै सटिङ साईडको कार्य सुरु हुने बताईएको छ । गाउँपालिकाभित्र संकलन भएका फोहोरमैलालाई उक्त सटिङ साईडमा पुर्याएर विसर्जन गरिनेछ । फोहोरमैला व्यवस्थापन सम्बन्धि छुट्टै कार्यविधि बनाएर गाउँपालिकाले काम गरिरहेको छ भने प्रत्येक वडा–वडाबाट सरसफाईको अभियान सञ्चालन भईरहेको छ ।
आगामी पाँच वर्षभित्र साकेला गाउँपालिकालाई पूर्णरुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने लक्ष्य पालिकाले लिएको छ । निर्माण हुँदै गरेको आवधिक योजनामा समेत पूर्ण सरसफाईको कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको छ ।
पालिकाले थालेको पूर्ण सरसफाईको अभियानलाई पूर्ण रुपमा सहयोग पुर्याई निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभएको छ । सबैको पहल र प्रयत्नबाट पालिकाको हरेक क्षेत्रको विकास हुँदै जाने र समृद्धिको गन्तव्यमा पुर्याउन सकिने कुरा उल्लेख गर्नुभयो । विभिन्न समयमा पालिका तथा पालिका मातहतका सरकारी कार्यालयहरुलाई निशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुलाई विशेष कार्यक्रमबीच सम्मान गरिने पालिकाले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान